नेपालको ७६ जिल्लामा फैलियो कोरोना संक्रमण, रसुवा मात्र बाँकी

काठमाडौं । नेपालका ७७ मध्ये ७६ वटा जिल्लामा कोरोना भाईरस ‘कोभिड – १९’ को संक्रमण फैलिएको छ । एउटै जिल्लामा संक्रमण देखिएको छैन, त्यो हो रसुवा ।

बितेको २४ घण्टामा ओखलढुङ्गाका एक जनामा कोरोना संक्रमण देखिएसँगै ७६ जिल्लामा कोरोना संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

रसुवा जिल्लामा थोरै जनसंख्या भएकाले चुस्त व्यवस्थापन गरी कोरोना महामारीबाट अलग राख्न सकिएको प्रमुख जिल्ला अधिकारी बताउँछन् । जिल्लाभरको जनसंख्या ५० हजारको हाराहारी मात्रै छ।

चीनमा संक्रमण फैलिँदा नै रसुवागढी नाका बन्द गरिएको थियो।

नेपालमा आज मात्र थप ५ सय ३५ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै कुल संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ । हालसम्म २ हजार १ सय ४२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । बितेको २४ घण्टामा मात्र ३ सय ७० जना घर कोरोना उपचारपछि निको भएर घर फर्किएको प्रवक्ता गौतमले बताए । त्यस्तै हालसम्म नेपालमा कोरोनाको कारण २३ जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?