अब काठमाडौंमा कुकुर पाल्न अनुमति लिनुपर्ने

काठमाडौं । अब काठमाडौंमा कुकुर पाल्न अनुमति लिनुपर्ने र कर तिर्नुपर्ने प्रावधान ल्याउने तयारी भइरहेको छ । काठमाडौंमा कुकुर पाल्नका लागि अनुमति लिनुपर्ने र कर तिर्नुपर्ने प्रावधान ल्याउने तयारी भइरहेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

रहरका लागि कुकुर पाल्ने तर जनावर बिरामी भएपछि अलपत्र छाड्ने क्रम बढेका कारण नयाँ नियम ल्याउने तयारी गरिएको महानगरको तर्क छ । सडक लगायतका सार्वजनिक स्थलमा दिसापिसाब गराउने र फोहोर त्यसै छाड्ने चलन ठूलो समस्या बन्दै गएको अधिकारीहरू बताउँछन् ।

महानगरपालिकाले आगामी आर्थिक वर्षका बजेटमा सो योजना प्रस्ताव गरेको र पारित भएर साउन महिनाबाट कार्यान्वयनमा ल्याउने तयारी भइरहेको अधिकारीहरूको भनाइ छ ।

कर पनि तिर्नुपर्ने:

महानगरपालिकाले लागू गर्न लागेको नयाँ नियम लागु भए महानगरपालिकाभित्र कुकुर पाल्न कर पनि तिर्नुपर्ने हुन्छ। कति कर लिने भन्ने विषय बजेटमा आउने भएको छ । कर लिएसँगै महानगरपालिकाले सेवा पनि दिने योजना बनाएका छ ।

जीपीएस ट्रयाकर पनि:

घरपालुवा कुकुरलाई अलपत्र छाड्ने अवस्थाको अन्त गर्न महानगरपालिकाले घाँटीमा जीपीएस ट्रयाकरको पनि व्यवस्था गरिने बताएको छ ।

जीपीएस ट्रयारका आधारमा कुकुर पालेका व्यक्ति लगायतका विवरण उपलब्ध हुने हुँदा अलपत्र छोडिने अवस्थामा सुधार हुने महानगरको अपेक्षा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?