कोरोना भाइरसलाई लिएर भयो नयाँ खुलासा !

काठमाडौं । कोरोना भाइर्सको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । हरेक दिन यस महामारीबाट बच्नको लागि विभिन्न उपायहरु अपनाईरहिएको छ ।

कोरोना विरुद्धको भ्याक्सीन बनाउनको लागि अहोरात्र खटिएका छन् । वैज्ञानिकहरुले हरेक दिन नयाँ नयाँ अनुसन्धान गरिरहेका छन् ।

यो महामारी कसरी फैलियो भन्ने बारेमा पनि वैज्ञानिकहरुको अनुसन्धान गरिरहेका छन् ।

यसैबीच एक अध्ययनले कोरोना भाइरसको संक्रमण घरमा बस्दा झनै धेरै फैलिएको बताएका छन् ।

यो संक्रमण घरबाटै धेरै फैलिएको सोधको निस्कर्ष छ । अध्ययनमा भनिएको छ कि, कोरोना भाइरसको महामारी एकैसाथ धेरैबेर बस्नेहरुको बीचमा तीव्र गतिले फैलिएको छ ।

यो अध्ययन द ल्यान्सेट इन्फेक्शियस डिजिजेज जर्नलमा प्रकाशित भएको छ । उक्त प्रकाशित शोध भनिएको छ कि, कोरोना भाइरसको वर्तमान रुप सार्स कोभ २ पुरानो सार्स भाइरसको तुलनामा घरमा बस्दा दुईगुणाले वृद्धि भएको छ ।

किनभने यो संक्रमण फैलिएपछि मात्र संक्रमितमा यसको लक्षण देखिन्छ ।

चीन र अमेरिकाका शोधकर्ताहरुले यस अध्ययनमा चीनको गुवांगझोउमा ३५० जना संक्रमित र २ हजार जना सम्पर्कमा आएका मानिसहरुमा यो शोध गरेका थिए ।

यस शोधमा संक्रमित बिरामीबाट अन्य दोश्रो व्यक्तिमा यो रोग फैलिनेको खतरा कति रहन्छ भन्ने कुरामा पनि अनुसन्धान भएको थियो ।

शोधकर्ताहरुले धेरै मानिसहरु हुने एकसाथ बस्ने हुँदा संक्रमण झनै बढीरहेको निस्कर्ष निकालेका छन् ।

उनीहरुले ३९ प्रतिशत सत्य साबित भएको बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?