गोलीकाण्डबारे अमेरिका किन मौन ?

अक्टोबर ०१७ मा अमेरिकाको इतिहासमै सबैभन्दा ठूलो आमगोलीकाण्ड भयो । लस भेगासको एक म्युजिक कन्सर्टमा गोलीकाण्ड हुँदा ५८ जनाको ज्यान गयो । पाँच सयभन्दा बढी घाइते भए । अमेरिकी पत्रकार तथा राजनीतिक समालोचक बिल ओइरेलीले यस घटनालाई ‘स्वतन्त्रताको मूल्य’को संज्ञा दिए उनको भनाइ उचित छ । लस भेगासमा भएको उक्त गोलीकाण्डको ३४ दिनपश्चात् टेक्सासको एक चर्चमा चलेको अर्को गोलीकाण्डमा २६ जनाको ज्यान गयो भने अन्य २० जना घाइते भए । हामीनजिकको चर्च, बजार वा फिल्म हलमा अर्को महिना यस्तै गोलीकाण्ड भए पनि हाम्रा लागि आश्चर्यको विषय बन्दैन । किनभने यो स्वतन्त्रताको मूल्य हो हतियार राख्न हामी अमेरिकामा स्वतन्त्र छौँ । बन्दुकको गोली अनलाइनबाटै मगाउन हामी स्वतन्त्र छौँ । खुलेआम बन्दुक बोकेर हिँड्ने छुट हामीलाई छ । हामीले स्वतन्त्रताका लागि तिरेको मूल्य हो यो । कसैको मतलब नगर्ने स्वतन्त्रता हामीसँग छ पीडितका लागि प्रार्थना गर्दै ट्विट गर्नुलाई अरूको मतलब गरिएको भन्न सकिन्न । घटनापछि एक–दुई दिन नराम्रो अनुभूति गर्नुलाई पनि मतलब गरेबराबर मान्न सकिन्न । अनि, पीडितप्रति सहानुभूति राखेर वा सहयोग गर्ने बहानाले फेसबुको फ्रोफाइलको फोटो परिवर्तन गर्दैमा त्यसलाई पनि अरूको वास्ता गरेको भनिन्न । साँच्चै हामीमा चिन्ता र चासो हुने हो भने समस्या समाधानका लागि प्रतिबद्ध भएर लाग्नुपर्ने हो । वास्तविकता के हो भने अमेरिकामा बन्दुकहिंसा बिकराल समस्याका रूपमा देखा परेको छ केही आँकडा आफैँ बोल्छन् । अमेरिकाको ‘गन भाइलेन्स आर्काइभ’ले कम्तीमा चारजनालाई गोली हानी हत्या गरिएको घटनालाई आमगोलीकाण्डका रूपमा व्याख्या गरिएको छ । यस परिभाषालाई मान्ने हो भने अमेरिकामा यस्तो घटना नभएको दिनै छैन । १ अक्टोबरमा लस भेगासमा भएको घटना मात्र आमगोलीकाण्डको पहिलो उदाहरण होइन । यो केबल सबैभन्दा ठूलो घटना मात्र हो । सोही दिन कान्सास विश्वविद्यालयमा पनि गोलीबारीको घटना भएको थियो समस्या त्यो वेला समाधान हुन्छ, जब हामी अरूको ख्याल गर्छौं अनि चिन्ता व्यक्त गर्छौं । सुरक्षाकर्मीले हाम्रो ख्याल गर्छन् तर बन्दुक हिंसाप्रति हामीलाई केही मतलब छैन । टेक्सास गोलीकाण्डका बन्दुकधारीले बन्दुक लाइसेन्सका लागि निवेदन दिएको कुरा टेक्सासका गभर्नर जर्ज एबोटले बताए तर, उसको निवेदन अस्वीकृत गरियो । यद्यपि ती व्यक्तिले कसरी बन्दुक पाए भन्नेमा एबोट आश्चर्यमा परेका छन् । त्यसो भए, कसरी ती व्यक्तिले हतियार पाए ? अनि त्यत्रो घटना कसरी घट्यो ? यस्ता कुतूहलले हामीलाई सोच्न बाध्य बनाएका छन् । यस्तो घटनामा कंग्रेसलाई पनि केही मतलब छैन घटनाप्रति उदासीनता किन ?बन्दुकहिंसाले आफ्नो परिवारलाई प्रत्यक्ष असर नगरेसम्म घटनाप्रति हाम्रो ध्यानाकर्षण हुने देखिन्न । उदासीनता किन हुन्छ भन्नेबारे सयौँ अनुसन्धान भएका छन् । दोस्रो विश्वयुद्धपश्चात क्याम्ब्रिज विश्वविद्यालयका मनोचिकित्सक जेटी क्याककर्डीले सन् १९४० र १९४१ भित्र लन्डनमा भएका बम बिस्फोटका घटनाको अध्ययन गरे । बम विस्फोटबाट मृत्यु भएका, विस्फोटका प्रत्यक्षदर्शी (भाग्यले बाँचेका) र बम विस्फोट आवाज टाढाबाट सुन्ने, गरी प्रभावित मानिसलाई उनले तीन वर्गमा राखे । रमाइलो कुरो त के छ भने विस्फोटको घटनाबाट प्रत्यक्षदर्शीमा गम्भीर मनोवैज्ञानिक प्रभाव परेको देखियो, तर अर्कोतर्फ विस्फोटको आवाज मात्र सुन्ने समूहले आफ्नो जित भएजस्तो महसुस गरेको तथा उत्साहित भएको पाइयो । किनभने, उनीहरू घटनास्थलबाट टाढा थिए । आफू बाँचेकोमा उनीहरू खुसी थिए । कुनै डरको अनुभूति उनीहरूमा पाइएन यसर्थ, घटनाको प्रत्यक्ष अनुभव नगरेसम्म हामीले सुनेका गोलीकाण्डलाई हाम्रो दिमागले हल्का रूपमै लिने गर्छ । यस्ता घटनाले आफूहरूलाई असर नगरेकोमा हामी सबै मख्ख परेर बस्ने गर्छौं समाधानको बाटोकेले गर्दा आमगोलीकाण्ड भयो भन्ने भन्दा पनि यतिखेर हामी आफैँ यस्तो घटना हुन नदिन कदम चाल्न सक्छौँ भन्ने प्रतिबद्धताको खाँचो छ । कसरी समस्याको समाधान गर्ने भनेर उत्तर खोज्नुभन्दा पनि समस्या समाधानतर्फ हामी दत्तचित्त भएर लाग्नुपर्ने देखिन्छ । बहस गरेर मात्र समस्यामा केही परिवर्तन आउँदैन भन्ने हामीलाई राम्रोसँग थाहा छ । यसर्थ, समाधानका लागि फरक कदम चाल्न अत्यावश्यक छ । मानौँ हामीले सन् २०२५ सम्म सबैभन्दा कम आमगोलीकाण्ड भएको देश भन्न चाहन्छौँ भने यसका लागि हामीले तत्काल कदम चाल्नुपर्ने देखिन्छ । हामीसँग भएको समस्या हामी आफैँले समाधान गर्ने हो भन्ने भावनासाथ अघि बढ्नुको विकल्प छैन । यदि आजैदेखि समस्या समाधानका लागि अघि नबढ्ने हो भने हामी हाम्रा साथी, आफन्त तथा सन्तानको ज्यान बन्दुक र गोली भिरेको कुनै पागलको हातमा छाड्नेछौँ । हाम्रो आफ्नै ज्यान पनि जोखिममा पार्नेछौँ । त्यसपछि मात्र हाम्रो होस खुल्नेछ । -नयाँ पत्रिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?