दुबै हातले एकसाथ लेख्न सक्थे अभिनेता सुशान्त (भिडियोसहित)

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपुतले १४ जूनका दिन मुम्बईको बान्द्रस्थित आफ्नो फ्ल्याटमा झुन्डिएर आत्महत्या गरे ।

उनी मरेर गएपनि उनका फ्यान्सहरु उनका पुराना यादहरु शेयर गरिरहेका छन् । उनको मृत्युले सारा बलिउड ने अहिले शोकमग्न बनेको छ ।

उनको मृत्युको पीडा सहन नसकेर उनकी भाउजुको पनि मृत्यु भएको छ भने उनका फ्यान्सहरुले पनि आत्महत्या गरिरहेका छन् ।

सोसल मिडियामा अहिले उनलाई सम्झिदै पुराना भिडियोज र फोटोहरु शेयर भईरहेका छन् । हालै मात्र सुशान्तको एक भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।

भिडियोमा सुशान्तले एकैपटक एकैसाथ दुबै हातले लेखेको देख्न सकिन्छ । उनको यो क्षमताको बारेमा अहिले अत्याधिक चर्चा भईरहेको छ ।

उनलाई मल्टी ट्यालेन्टेड भन्दै फ्यान्सहरुले तारीफ गरिरहेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?