सम्झौतामा उल्लेख भएअनुसारको इन्टरनेट ‘स्पिड’ नपाएको गुनासो बढेपछि नियामक नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेड ब्यान्डविथको स्पष्ट जानकारी दिने व्यवस्था गर्न सेवाप्रदायकलाई निर्देशन दिएको छ ।
कुन समयमा के कति इन्टरनेट प्रयोग भएको हो, त्योबारे प्रयोगकर्ता आफैँले हेर्न मिल्ने व्यवस्था गर्न प्राधिकरणको निर्देशन छ । यस्तो व्यवस्थापछि प्रयोगकर्ता आफैँले आफूले जडान गरेको इन्टरनेटको गुणस्तर र प्रयोग भइरहेका डिभाइस सङ्ख्याका बारेमा जानकारी लिन सक्ने प्राधिकरणका निर्देशक विजय रोयले जानकारी दिए । ‘राउटर अथवा धेरै डिभाइसमा कनेक्ट भएका कारणले इन्टरनेट स्पिड कम हुँदा पनि गुनासो आइरहेको छ, उनले भने, यस्तो व्यवस्थापछि प्रयोगकर्ताले वास्तविकता थाहा पाउने र बुझेर मात्र गुनासो आउने अपेक्षा छ ।
प्राधिकरणका अनुसार यस्तो व्यवस्था गर्न सेवाप्रदायकलाई अतिरिक्त भार भने पर्ने छैन । अहिले पनि वल्र्ड लिङ्क, सुबिसुलगायतका सेवाप्रदायकले यस्तो व्यवस्था गरे पनि प्रयोगकर्ताको तहसम्म भने त्यसको व्यापक प्रयोग भएको छैन । प्राधिकरणको अनुगमनका क्रममा केही सेवा प्रदायकले यस्तो व्यवस्था गरे पनि प्रयोगकर्तालाई भने जानकारी नभएको पाइएको रोयले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया