नेपालमा कोरोनाको अवस्था : कुन प्रदेशमा कस्तो छ अवस्था ? (जिल्लागत विवरणसहित)

काठमाडौं- नेपालमा नेपालमा बितेको २४ घण्टामा थप ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ ।

यसैबीच नेपालका संक्रमितमध्ये करिब ९५ प्रतिशत विदेशबाट आएको र तिमध्ये अधिकांश भारतबाट आएका व्यक्तिहरु रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले बताएका हुन् ।

उनले भने – ‘नेपालमा ९२ प्रतिशत पुरुष छन् र १५ देखि ५४ वर्ष उमेरका छन् यो हेर्दा के बुझिन्छ भने उहाँहरु सबै जसो श्रमको लागि विदेश जानु भएको छ र फर्किदा संक्रमित भएर नेपालमा आएको अवस्था देखिन्छ । उनले थपे – ‘यि संक्रमितमध्ये ९८ प्रतिशत लक्षणहरु छैन त्यो भएको हुनाले हाम्रो नेपालमा अहिलेसम्म आएका व्यक्तिहरुमा गम्भीर खालको बिरामी धेरै कम छ र सबै जसो संक्रमित विदेशका हुनुहुन्छ । फर्केर नेपाल आउँदा पोजेटिभ देखिन्छ ।’

क्वारेटाइनको सबै जाँच गरेपछि संक्रमित ह्वात्तै बढ्न सक्नेतर्फ संकेत गर्दै उनले भने – ‘अहिलेको ग्राफभन्दा फरक हुनसक्छ ।’
नेपालमा अहिलेसम्म समुदायमा यो भाईरसको संक्रमण नगएको उनले प्रष्ट्याए । भने – ”आज सम्म मृत्युको अवस्था हेर्दा पनि मृत्यु भएका २३ मध्येमा ४ जना महिला र बाँकी पुरुषहरु हुनुहुन्छ । र उहाँहरु पनि विभिन्न उहाँहरुलाई कोभिडको कारणले मात्र नभएर अरु दीर्घ रोगको कारण उहाँहरुको मृत्यु भएको देखिन्छ जसमा धेरै जस्तो चाहिँ किड्नीको रोग डाइलसिस गर्ने, अरु पनि कारणले भएको रोगीहरु, दमका बिरामीहरु, हाइप्रोटेसनका बिरामीहरुको तुलनात्मक रुपमा धेरै मृत्यु भएको अवस्था हो । जसमा पोजेटिभ देखिने दर उच्च रुपमा बढ्दै गएको जसको हिसाब गर्दा करिब ६ देखि ८ दिनमा केसहरु बढ्दै गएर डबल भएको देखिन्छ । यो हिसाबले केही समय सम्म यस्तो अवस्थाहरु देखिन सक्छ र जुन हामी क्वारेटाइनमा बस्नुभएकाहरुको जाँच गर्छौ । यसरी संक्रमितको संख्या बढ्नुको मुख्य कारण के हो भने एक त हामीले कोरोनाको आरडिटि पीसिआरको दायरा बढाएर गएको छौँ दोस्रो कुरा आयतित बिरामी संक्रमितहरु नेपालमा भएको हिसाबले यसरी संक्रमितको संख्या बढी देखिएको हो र डबलिङको टाइमको संख्या पनि बढी देखिएको हो यसमा संक्रमितहरुको ‘केस इनभेस्टिकेसन’ र सम्पर्कमा रहेका कन्ट्याक ट्रेसिङको महाशाखा समन्वयनमा प्रदेश सरकार र स्थानिय सरकारहरु समेत भई गरी रहेका छौँ र हाम्रोमा एउटा सफ्टवेयर छ । त्यसमा हामी अहिले ८५०० सम्मको केस अध्यावधिक भइसकेको छ र कन्ट्याक टेसिङको आधारमा अहिलेसम्म जुन आरडिटि पिसिआर भएको छ १ लाख ७० हजार भन्दा बढीको त्यसैको आधार गरेर क्वारेटाइन तथा अरुबाट परिक्षण भएको छ । ”

 

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा थपिएका सबैको स्वास्थ्य अवस्था सामान्य भएको र चिकित्सकको निगरानीमा रहेको बताए । नेपालमा हिजो (शनिवार) एकैदिन थप ३ सय ३१ जना संक्रमित पुष्टि भएका थिए ।

नेपालमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २३ जनाको मृत्यु भईसकेको छ । आज मात्रै गुल्मीका एक पुरुष कोरोना संक्रमितको मृत्यु भएको छ ।

त्यस्तै नेपालमा अहिलेसम्म १ हजार ७७२ जना स्वास्थ्योपचार पछि निको भएका छन् । कुल संक्रमणमुक्त हुनेहरुमध्ये १४९ जना महिला र १६२३ जना पुरुष छन् । आज मात्रै नेपालमा कोरोना विरुद्धको लडाई जितेर घर फर्किनेको संख्या १९४ छ ।आज संक्रमणमुक्त हुनेहरुमध्ये महिला ८ जना र पुरुष १८६ जना छन् ।

 

कोरोनाको कारण मृत्यु भएका पुरुष गुल्मीका
गुल्मी छत्रकोट गाउँपालिका वडा नं ५ मा मृत्यु भएका ६९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।मृतक प्यारालाइसिस उपचारको लागि भारत गएर यहि जेठ २५ गते नेपाल फर्किएका थिए । उनको असार ५ गते घरमा नै मृत्यु भएको हो । कोरोना संक्रमणको आशंकामा सोही दिन नमुना संकलन गरि प्रदेश प्रयोगशाला भैरहवामा लगिएकोमा उनको स्वाबको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।  उनको शव शनिवार नै नेपाली सेनको सहयोगमा अन्त्येष्टी गरिएको छ । कोरोनाबाट मृत्यु भएकाहरुको शब व्यवस्थापन गर्न सरकारले छुट्टै कार्यविधी बनाएको छ ।

थपिएका संक्रमितको विवरण यस्तो छ : 

कोशी अस्पताल विराटनगरमा गरीएको परीक्षणका क्रममा : झापाका ३ जना महिला, ३ जना पुरुष त्यस्तै उदयपुरको १ जना महिला ४ जना पुरुष गरी जम्मा ११ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोशालामा विराटनगरमा गरीएको परीक्षणका क्रममा : मोरङका १ जना महिला र १ जना पुरुष त्यस्तै सुनसरीका १ जना महिला र १ जना पुरुष गरी ४ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरीएको परीक्षणका क्रममा : धनुषाका १ जना महिला ७ जना पुरुष त्यस्तै महोत्तरीका २ पुरुष त्यस्तै सप्तरीका २ पुरुष गरी जम्मा १२ जना

नारायणी अस्पताल प्रयोगशालामा गरीएको परीक्षणका क्रममा : वीरगञ्जमा बाराका ३ जना पुरुष

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरीएको परीक्षणका क्रममा : अर्घाखाँचीका ६ जना महिला १० जना पुरुष, डडेल्धुराका ३ जना महिला, ११ पुरुष त्यस्तै डोटीका २ जना महिला १४ जना पुरुष त्यस्तै गुल्मीका १ महिला ४ जना पुरुष, कैलालीका ३ जना पुरुष कपिलवस्तुका ११ जना पुरुष, नवलपरासी पश्चिमका ५ जना महिला १६ जना पुरुष, नुवाकोटका १ पुरुष, प्यूठानका २ महिला र १८ जना पुरुष, रामेछापका १ जना पुरुष, रुपन्देहीका १ जना पुरुष, सर्लाहीका १ जना महिला र ४ जना पुरुष सिराहाका ४ जना महिला र ४८ जना पुरुष गरी जम्मा १६६ जना

शुक्रराज ट्रपिकल तथा सरुवा रोग प्रयोगशालामा गरीएको परीक्षणका क्रममा : ललिपुरका १ जना महिला र पाल्पाका २ जना पुरुष गरी ३ जना

धुलिखेल अस्पताल धुलिखेलमा गरीएको परीक्षणका क्रममा : अर्घाखाँचीका १० जना महिला र ३९ जना पुरुष गरी ४९ जना

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा गरीएको परीक्षणका क्रममा : बाग्लुङका २ जना पुरुष कास्कीका १ जना पुरुष स्याङ्जाका २ जना महिला र ८ जना पुरुष, बाग्लुङका २१ जना पुरुष, मुस्ताङका १ जना पुरुष, म्याग्दीका २ महिला र २ पुरुष, नवलपरासी पूर्वका २ पुरुष, पर्वतका २ पुरुष, तनहुाका १ जना महिला र ३ जना पुरुष जम्मा ३५ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरीएको परीक्षणका क्रममा : अर्घाखाँचीका १ महिला र ८ जना पुरुष गुल्मीका १ महिला र १ पुरुष, कपिलवस्तुका १ महिला र १३ पुरुष नवलपरासी पश्चिमका १ पुरुष, पाल्पाका १ महिला र १ पुरुष रुपन्देहीका १ पुरुष गरी जम्मा २९ जना

भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा गरीएको परीक्षणका क्रममा : बाँकेका १ पुरुष बर्दिया ३ पुरुष रोल्पाका १ महिला र २ पुरुष गरी ७ जना

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरीएको परीक्षणमा : दाङका १० जना पुरुष रोल्पाका १ जना पुरुष गरी ११ जना

सुर्खेत प्रादेशिक अस्पताल सुर्खेतमा गरीएको परीक्षणमा : दैलेखका १ महिला सल्यानका ६ पुरुष सुर्खेतका २ पुरुष गरी ९ जना

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरीएको परीक्षणमा  : अछामका २ जना पुरुष बैतडीका १ जना पुरुष १ जना महिला बझाङका २ पुरुष डडेल्धुराका ४ महिला र २३ पुरुष डोटीका ४ महिला र ७ पुरुष कैलालीका २ महिला र २२ पुरुष कन्चनपुरका १ पुरुष गरी जम्मा ६९ जना र आज जम्मा ४२१ जनाको पिसिआर पोजेटिभ आएको छ ।

(आज पुष्टि भएकाहरुमध्ये ६४ जना महिला ३५७ पुरुष हुन् । )

कोरोनामुक्त हुनेहरुको विवरण यस्तो छ : 

नेपालमा थप १ सय ९४ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जित्नेको संख्या १ हजार ७ सय ७२ पुगेको छ ।

काठमाडौं दुवाकोट मेडिकल कलेजबाट : काभ्रेका २ महिला र ३ पुरुष गरी ५ जना

जलेश्वर अस्पताल महोत्तरीबाट : महोत्तरीका १ महिला र १७ पुरुष गरी १८ जना

सर्लाहीबाट १ जना महिला र ७३ जना पुरुष गरी ७४ जना

धरहरीबाट रौतहटका १ जना महिला र ४२ जना पुरुष गरी ४३ जना

 साई कृष्ण आइसोलेसनबाट सप्तरीका १ महिला र ११ जना पुरुष

गौर ईन्सिच्युटबाट रौतहटका २ जना महिला र ४० जना

आज डिस्चार्ज भएका १ सय ९४ जनामा ८ जना महिला र १८६ जना पुरुष रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  कुल संक्रमण जित्ने १ हजार ७ सय ७२ मध्ये १ सय ४९ जना महिला र १ हजार ६ सय २३ जना पुरुष रहेका छन् ।

हालसम्म कति भयो परीक्षण ?

आइतबार देशका विभिन्न २२ वटा प्रयोगशालाबाट ६ हजार ८ जनासँगै आइतबारसम्म पीसीआर विधिबाट १ लाख ७५ हजार १ सय ७३ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट २ लाख ६२ हजार १ सय ७४ जनाको कोरोना परीक्षण भएको छ ।

क्वारेन्टाइनमा ९४ हजार ९ सय २८ जना

अहिले देशभरीका क्वारेन्टाइनमा ९४ हजार ९ सय २८ जना रहेका छन् । देशका विभिन्न अस्पतालमा ७ हजार २ सय ३१ जना उपचाररत रहेका छन् ।

विदेशमा रहेका १ सय ३० नेपालीको कोरोनाबाट मृत्यु

कोरोना भाइरसको संक्रमणका कारण यो साता विदेशमा रहेका थप तीन जनाको मृत्यु भएको छ । गत साता संक्रमणका कारण मृत्यु भएकाको संख्या शून्य रहे पनि यो साता थप ३ जनाको मृत्यु भएको हो । यो सँगै गत ९ सातामा विदेशमा ज्यान गुमाउने नेपालीको संख्या १ सय ३० जना पुगेको छ । यो साता मृत्यु भएका तीनै जना कतारका हुन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो साता विदेशमा १० हजारभन्दा बढी नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, माल्टा, जापान, म्यानमार, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियम, हंङ्गकङ्ग, दक्षिण कोरिया लगायतका १८ देशमा बस्ने नेपालीहरु कोरोना संक्रमणमुक्त भएका हुन् ।

संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार हालसम्म विदेशमा रहेका १७ हजार ७ सय ९२ जना नेपालीहरु कोरोना भाइरसबाट संक्रमिक भएका छन् । संयोजक डा। सापकोटाका अनुसार यही साता अफ्रिकी मुलुकमा रहेका ४ जना नेपालीमा समेत कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । नेपालको ८ हजार ६ सय ५ सहित विश्वभरका ३५ देशमा २६ हजार ४ सय २ जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेनलगायत १३ देशमा रहेका नेपालीहरुको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको संयोजक सापकोटाले जानकारी दिए ।

विदेशमा अलपत्र ३ हजार १ सय ८ जनाको उद्दार

कोभिड–१९ को संक्रमण रोक्न लकडाउन घोषणा गरेसँगै विदेशमा रहेका नेपालीहरुको उद्धार कार्य जारी छ । सरकारले गत ५ जुन तारिखदेखि स्वदेश फर्काउन सुरु गरेको अभियानले यतिबेला तीव्रता पाएको हो । गैरआवासीय नेपाली संघका राष्ट्रिय समिति तथा नेपाल सरकारका कुटनीतिक नियोगको संयुक्त पहलमा गत तीन हप्तामा ३ हजार १ सय ८ जना नेपाली घर फर्किसकेका छन् ।

मलेसियाबाट १ सय १८, युएई ३ सय १७ जना, कुवेतबाट ८ सय ९८ जना नेपालीहरु फर्किएका छन् । जापानबाट १३ जना, अफगानिस्तानबाट १८ जना र हङकङबाट ७ जना, म्यानमारबाट २६ जना र अस्ट्रेलियाबाट ११ जनाको उद्धार गरिएको हो ।

यस्तै बंगलादेशबाट २५८ जना, ओमानबाट ३ सय १३ जना, माल्दिभ्सबाट ३ सय ५ जना, कम्बोडियोबाट र सिंगापुरबाट १ सय ४६ जना र थाइल्यान्डबाट २ सय ४८ जना नेपाल फर्किएका छन् । यसैगरी कतारबाट ४४ जना, श्रीलंकाबाट ५ जना, साउदी अरबबाट १ सय ५३ जना नेपाली फर्किएका छन् भने दक्षिण कोरियाबाट २ सय २८ जना नेपाल फर्किएका छन् ।

४० जना नेपालीको शव नेपाल ल्याईयो 

यसैबीच यही साता विदेशमा निधन भएका नेपालीहरुको शव समेत नेपाल ल्याउने क्रम सुरु भएको छ । लकडाउनको अवधिमा विदेशमा बिभिन्न कारणले मृत्यु भएका मध्ये ४० जना नेपालीको शव नेपाल ल्याइएको छ । विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडान हुन थालेपछि शुक्रबारसम्ममा ती शवहरु नेपाल ल्याइएको हो ।

अहिलेसम्म कतारबाट २०, मलेसियाबाट ११, कुवेतबाट ६, ओमान, यूएई र साउदीबाट एक एक जनाको शव नेपाल ल्याइएको छ । मृत्यु भएका ३१८ जनामा ११४ जना मृतकका परिवारले गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिएको पनि छ ।

यस बाहेक अझै १६४ शवको व्यवस्थापन बाँकी रहेको छ । ती शव कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा महिनौंदेखि विदेशमा रोकिएका थिए । उनीहरुको अन्त्येष्टि र व्यवस्थापनको लागि गैरआवासीय नेपाली संघले सम्बन्धीत राष्ट्रिय समितिलाई निर्देशन दिईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?