अभिनेता सुशान्त सिंह राजपुतको बारेमा बन्ने भयो ‘फिल्म’, नाम यस्तो

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपुतले १४ जूनमा बान्द्रास्थित आफ्नै निवासमा झुण्डिएर आत्महत्या गरे ।

उनको आत्महत्याले अहिले सारा बलिउड शोकमग्न भएको छ । उनका केहि फ्यान्सहरुले त आत्महत्या नै गरिसकेका छन् भने उनको मृत्यु सहन नसकेर उनकी भाउजुले पनि डिप्रेशनका कारण प्राण त्यागिन् ।

उनको मृत्यु भएलगत्तै सोसल मिडियामा नेपोटिज्म र फेवरिज्मको बारेमा बहस शुरु भयो । पुलिसले आत्महत्या किन गरे भन्ने बारेमा अनुसन्धान गरिरहेको छ ।

यसैबीच फिल्म निर्माता विजय शेखर गुप्ताले सुशान्तमाथि केन्द्रित रहेर एक फिल्म बनाउने घोषणा गरेका छन् ।

त्यति मात्रै होइन, उनले फिल्मको नाम पनि राखिसकेका छन् । अब छिटै नै यसको शुटिङ गर्ने तयारीमा उनी जुटेका छन् ।

फिल्मको नाम उनले ‘सुसाईड और मडर’ राखेका छन् । विजय शेखर गुप्ताले हालै मात्र भारतीय सञ्चारमाध्यमसँगको अन्तर्वातामा उनले फिल्म इण्डस्ट्रीमा ठूला अभिनेता र प्रोडक्शन हाउसको एकाधिकार सक्नको लागि यो फिल्म बनाउन लागेको बताएका छन् ।

फिल्मको पोस्टर समेत जारी भएको छ । सुशान्त सिंह राजपुतको भूमिका एक नयाँ एक्टर्सले गर्ने भएका छन् ।

फिल्मको शुटिङ १५ जुलाईबाट शुरु हुनेछ । फिल्म सेप्टेम्बर सम्ममा थिएटर्समा रिलिज गर्ने तयारी गरिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?