हेर्नुहोस् २०७७ साल असार ८ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ आषाढ ०८ गते । सोमवार । इ.स.२०२० जुन २२ तारिक । शकसंवत् १९४१ । प्रमादी संवत्सर । उत्तरायण ।

ग्रीष्म ऋतु । ने.सं. ११४० बछलागा । आषाढ शुक्लपक्ष । तिथी– प्रतिपदा, ११ बजेर ५१ मिनेट उप्रान्त द्वितीया । नक्षत्र– आद्र्रा,१४ बजेर ०० मिनेट उप्रान्त पुनर्वशु । योग वृद्धि,१३ बजेर २५ मिनेट उप्रान्त ध्रुव ।

करण– बव,११ बजेर ५१ मिनेट उप्रान्त वालव,२३ बजेर ५७ मिनेट उप्रान्त कौलव । आनन्दुध्नादिमा–काल योग । चन्द्रराशि–मिथुन ।

काठमाडौंमा सूर्योदय ६ बजेर १० मिनेटमा, सूर्यास्त १९ बजेर ०० मिनेटमा । दिनमान ३४ घडी ३५ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

राम्रा तथा परिणाममुखि काम हुनाले आफन्त तथा छिमेकीहरु प्रभावित हुनेछन् । पराक्रमी क्रिर्याकलापमा भाग लिई पुरुषार्थि काम गर्न सकिनेछ ।

लेख तथा रचनाको माध्ययमबाट सस्कार परिवर्तन गर्न तपाईको भुमिका महत्वपूर्ण रहनेछ । प्रेममा नजिक हुन सकिनेछ । व्यापारमा न्युन आम्दानी गर्न सकिनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

प्रयत्न गर्दा आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । बोलिको प्रभाव घट्न सक्छ ध्यान दिनुहोला । परिवारका साथ बसेर मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर आएपनि स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।

कार्यक्षेत्रमा राम्रा काम गरी सम्मानित हुने योग रहेको छ । पढाई लेखाईमा अलि बढि ध्यान दिँदा उत्कृष्ट नतिजा हात पार्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

समाजमा राम्रा काम गर्न सकिने हुँदा ईज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । बन्द व्यापार फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ ।

प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने मन प्रशन्न हुनेछ । नयाँ प्रविधिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ ।

राजनीतिमा सबैलाई मिलाएर लान सकिने हुँदा पद प्राप्तीको योग रहेको छ । परिवारका साथ रहेर मिठो मसिनो भोजन गर्ने अवसर जुर्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

खानपानमा ध्यान नदिँदा स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ ध्यान दिनुहोला । आफ्नै कमजोरीले विवाद तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परिनेछ ।

शुभचिन्तक तथा आफन्तलाई बेवास्ता गर्दा दुख पाईनेछ । मन परेको मानिसबाट टाडिनु पर्दा मन खिन्न हुनेछ । न्यायसंगत काम नगर्दा दण्ड तथा जरिवाना हुने योग रहेको छ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

विभिन्न साधन स्रोत जुटाई दिगो फाईदा हुने काम आरम्भ गर्न सकिनेछ । पैत्रिक सम्पत्तीको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ ।

बैंकिङ क्षेत्रमा गरीएको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रणय सम्बन्धका रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।

दाजुभाईको सहयोगले भौतिक सम्पत्ती तथा सवारी साधन जोड्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

नयाँ काम पाउने तथा गरीरहेको काममा बढुवा वा स्थानान्तरणको गतिलो सम्भावना रहेको छ । व्यवसायमा सामान्य वृद्धि हुनेछ ।

सरकारी तथा प्रशासनिक काममा तपाईको गतिलो उपस्थिति रहनेछ । कृषी तथा पशुपालन व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाई लेखाईमा मन जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

दैनिक काम बिचमै रोक्नु पर्दा आर्थिक भार पर्न सक्छ । व्यापार व्यवसायमा नाफा कमाउन निकै नै समय खर्चनु पर्नेछ ।

माया प्रेममा धोका हुनेछ भने आस्वासन बाढ्नेहरु सक्रिय हुनेछन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ ।

धार्मिक प्रतिष्ठान तथा मन्दीरको यात्रा गरी टिका तथा प्रशाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पढाई रोकिन सक्छ ध्यान दिनुहोला ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

भौतिक वस्तु तथा सवारी साधनको कारोवार गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । आफन्त तथा साथी भाईसँग मनमुटाव सिर्जना हुने योग रहेको छ ।

व्यापारमा लगानी गरीहाल्ने समय नरहेकोले गरीरहेको कामलाई निरन्तरता दिनुहोला । माया प्रेममा एक अर्कालाई शंका गर्नाले छुट्टिनुपर्ने बाध्यता आउनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

प्रेमको बन्धन कसिलो हुने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

व्यवसायबाट सामान्य धन आर्जन गर्न सकिने तथा व्यापार विस्तारको सवालमा यात्राको तय हुनेछ । ईष्टमित्र तथा सहयोगीले साथ दिनेहुँदा दैनिकी सहज रुपमा बित्नेछ ।

भौतिक स्रोत साधनको प्रयोग गरी अपडेट हुन सकिनेछ भने पढाई लेखाईमा प्रगति हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

प्रतिस्पर्धी तथा सहपाठीहरुलाई किनारा लगाउँदै पढाई लेखाईमा नतिजा हात पार्न सकिनेछ । नोकरीमा हुने प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ ।

रोकिएर बसेका काम बन्ने तथा स्वास्थ्य सम्बन्धी समस्या झेल्नेहरुले मुक्ति पाउने समय रहेको छ । दाम्पत्य सम्बन्ध तथा प्रेम सम्बन्ध सुखि रहनेछ । मामा तथा मावली पक्षबाट सहयोग पाईनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

समय मध्यम रहेकोले राजनितिज्ञ तथा समाजसेवीहरुले जनताको काम गर्न नसक्दा आलोचना हुन सक्छ ।

विद्यार्थीले प्रतिस्पर्धामा आफ्नो पर्फमेन्स देखाउन नसक्दा अरुभन्दा पछि परिनेछ । आमा तथा आफन्तसँग मनमुटाव सिर्जना हुनेछ ।

पढाई लेखाईमा मन नजाने हुदा अरुभन्दा पछि परिनेछ । भौतिक सम्पत्तीको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आफन्तहरु टाडिनेछन् भने आमासँग टाडिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । अन्य व्यवसाय मध्यम रहेपनि कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ ।

सवारी साधन चलाउदा तथा जग्गा सम्बन्धी काम गर्दा ध्यान दिनुहोला । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?