नागरिकता विधेयक सम्बन्धि सचिवालयको निर्णयमा मातृका यादवको असहमती (विज्ञप्तीसहित)

काठमाडौं । पूर्वमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का सांसद मातृका प्रसाद यादवले पार्टी सचिवालयले गरेको नागरिकता ऐन संशोधन विधेयकमा असहमती रहेको बताएका छन् ।

शुक्रवार बसेको नेकपाको सचिवालय बैठकले विदेशबाट विवाह गरि नेपाल आएकाहरुलाई ७ वर्षपछि मात्र अंगिकृत नागरिकता दिने गरि ऐन संशोधन गर्ने निर्णय गरेको थियो ।

सांसद यादवले आइतवार एक विज्ञप्ती जारी गर्दै उक्त निर्णप्रति पूर्ण रुपमा असहमती रहेको बताउँदै मधेसी समुदाय मात्रै नभइ महिलाहरुको प्रगती, विकास र समृद्धिमा ठुलो कुठाराघात हुने बताएका छन् ।

उनले भनेका छन्, “नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बारे हाम्रो पार्टी नेकपाको सचिवालयले गरेको निर्णयप्रति पूर्ण असहमति छ । उक्त ७ वर्षे प्रावधानले ७ वर्षसम्म राज्यविहीन बनाउँदै राजनैतिक, आर्थिक र साँस्कृति शोषण गर्ने र मानसिक प्रताडना दिने देखिन्छ । यस प्रकारका निर्णयले मधेशी समुदाय मात्र नभई समग्र महिलाहरूको पनि प्रगति, विकास र समृद्धिमा ठुलो कुठाराघात हुने देखिन्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?