काठमाडौं । नेपाल सहित विश्वका २१३ वटा देशहरुमा कोरोना भाइरसको प्रकोप तीव्र गतिले फैलिरहेको छ ।
अहिलेसम्म कोरोना भाइरसका कारण ४ लाख भन्दा धेरै मानिसको मृत्यु भईसकेको छ । वैज्ञानिकहरु कोरोना भाइरसविरुद्धको औषधि बनाउन अहोरात्र खटिएका छन् ।
अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट फोक्सोमा मात्र असर गरेको कुरा हामीले सुनेका थियौँ होला । तर एक नयाँ शोधका अनुसार कोरोना भाइरसले दिमागमा पनि असर पुर्याइरहेको खुलासा भएको छ ।
इण्डियन इन्स्टीट्यूट अफ केमिकल बायोलोजी –आईआईसीबी) कोलकताका वैज्ञानिकले कोरोना भाइरसले दिमागको श्वसन केन्द्रलाई पनि संक्रमित बनाउन सक्ने बताएका छन् । यो भाइरस मस्तिष्कका कोशिकाहरुलाई तीव्र गतिले संक्रमण गर्न सक्षम रहेको छ ।
शोधकर्ताहरुले यो पनि बताएका छन् कि,कोरोना भाइरसको कारण मृत्यु दरको बारेमा जान्नको लागि केन्द्रिय तन्त्रिका तन्त्र र श्वसन केन्द्रको स्टडी गर्न आवश्यक हुन गर्दछ ।
एसीएस केमिकल न्यूरोसाइन्स एण्ड इञ्जिनियरिङ रिसर्च बोर्डमा यो शोधको बारेमा प्रकाशित गरिएको छ ।
जसका अनुसार विज्ञान र प्रौद्योगिकी विभागले कोरोना भाइरस नाकको माध्यमबाट मानव मस्तिष्कमा प्रवेश गरेर दिमागको ओलफेक्ट्री बल्वसम्म पुग्न सक्दछ । भाइरसले दिमागको मुख्य केन्द्रलाई संक्रमित बनाउने शोधमा उल्लेख छ ।
फोक्सो पछि अब दिमागलाई खतरा
शोधकर्ताहरुको टिममा सहभागी डा. प्रेम त्रिपाठी, डा. उपासना रे, डा. अमित श्रीवास्तव र डा. सोनु गांधीलेकोरोना भाइरसको सबैभन्दा धेरै असर फोक्सोमा गर्ने र त्यसपछि दिमागसहित केहि अंगहरुमाा गर्ने बताएका छन् ।
किंग्स कलेज लण्डनले पनि गरेको थियो शोध
यो भन्दा पहिला किंग्स कलेज लण्डन, युकेका वैज्ञानिकहरुले पनि कोरोनाले मस्तिष्कका प्रवेश गरेर असर पुर्याउन सक्ने बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया