काठमाडौं । नेपालमा थप १ सय ९४ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जित्नेको संख्या १ हजार ७ सय ७२ पुगेको छ ।
आज काठमाडौं दुवाकोट मेडिकल कलेजबाट काभ्रेका २ महिला र ३ पुरुष गरी ५ जनाले कोरोना संक्रमण जितेका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
जलेश्वर अस्पताल महोत्तरीबाट महोत्तरीका १ महिला र १७ पुरुष गरी १८ जनाले कोरोना संक्रमण जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
त्यस्तै, सर्लाहीबाट १ जना महिला र ७३ जना पुरुष गरी ७४ जनाले कोरोना संक्रमण जितेर घर फर्केका छन् ।
प्रवक्ता गौतमका अनुसार धरहरीबाट रौतहटका १ जना महिला र ४२ जना पुरुष गरी ४३ जनाले कोरोना संक्रमण जितेका छन् । यसैगरी साई कृष्ण आइसोलेसनबाट सप्तरीका १ महिला र ११ जना पुरुष डिस्चार्ज भएका छन् ।
साथै, गौर इन्सिच्युटबाट रौतहटका २ जना महिला र ४० जना कोरोना संक्रमण जितेर घर फर्केका छन् ।
आज डिस्चार्ज भएका १ सय ९४ जनामा ८ जना महिला र १८६ जना पुरुष रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । कुल संक्रमण जित्ने १ हजार ७ सय ७२ मध्ये १ सय ४९ जना महिला र १ हजार ६ सय २३ जना पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना पुष्टि, संक्रमितको कुल संख्या ९ हजार नाघ्यो
नेपालमा आज (आईतवार) एकैपटक ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा आज एकैपटक ४२१ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार आज भेटिएका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् ।
नेपालमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २३ जनाको मृत्यु भईसकेको छ । आज मात्रै गुल्मीका एक पुरुष कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा हिजो (शनिवार) एकैदिन ३३१ जना संक्रमित फेला परेका थिए ।
नेपालमा कोरोनाको कारण थप १ जनाको मृत्यु, मृतक संख्या २३ पुग्यो
नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २३ पुगेको छ । पछिल्लो समय गुल्मी छत्रकोट गाउँपालिका वडा नं ५ मा निधन भएका ६९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
प्यारालाइसिस उपचारको लागि भारत गएका उनी जेठ २५ गते नेपाल फर्किएका थिए । उनको असार ५ गते घरमै निधन भएको प्रवक्ता गौतमले बताए ।
कोरोना संक्रमणको आशंकामा सोही दिन नमुना संकलन गरि प्रदेश प्रयोगशाला भैरहवामा लगिएकोमा कोरोना पुष्टि भएको हो । उनको शव शनिवार नेपाली सेनको सहयोगमा अन्त्येष्टी गरिएको प्रवक्ता गौतमले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया