काठमाडौं । ललितपुरकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले आज ललितपुरकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनका अनुसार ललितपुरकी कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनी चिकित्सकको निगरानीमा रहेकी छन् ।
यसैबीच नेपालमा आज (आईतवार) एकैपटक ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा आज एकैपटक ४२१ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार आज भेटिएका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् ।
नेपालमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २३ जनाको मृत्यु भईसकेको छ । आज मात्रै गुल्मीका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
त्यस्तै नेपालमा अहिलेसम्म १ हजार ७७२ जना स्वास्थ्योपचार पछि निको भएका छन् । आज मात्रै नेपालमा कोरोना विरुद्धको लडाई जितेर घर फर्किनेको संख्या १९४ रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
नेपालमा हिजो (शनिवार) एकैदिन ३३१ जना संक्रमित फेला परेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया