नवराज सिलवाल बालुवाटारमा झुल्किए

काठमाडौँ, ७ फागुन – नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी एकता संयोजन समितिको बैठक चलिरहँदा पूर्व डिआईजी तथा सांसद नवराज सिलवाल पनि बालुवाटारमा देखिएका छन् उनी आईजीपी बढुवाको कासमु किर्ते गरेको आरोपमा प्रहरीको खोजी सूचिमा रहेका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकार रहँदासम्म सम्पर्कमा नआएका उनी ओली सरकार बनेसँगै बालुवाटारमा देखिएका हुन् देउवा प्रधानमन्त्री भएको समयमा सिलवाललाई पक्रन प्रहरीको ठुलो टोली ललितपुरका गोदावरीसहितका क्षेत्रमा परिचालित गरिएको थियो । तर उनी पक्राउ पर्न सकेनन् । उनीमाथि मुद्दा चलाउने देउवा सरकारको प्रयास पनि विफल भएको थियो आईजीपी बढुवाका लागि पहिलो वरियतामा रहेका भनिएका सिलवाललाई देउवा सरकारले रोकेसँगै उनी प्रहरीबाट राजीनामा दिएर एमालेमा प्रवेश गरेका थिए । एमालेमा प्रवेश गरेलगत्तै उनलाई एमालेले ललितपुर १ बाट प्रतिनिधि सभाका लागि टिकट दियो र विजयी भए । उनलाई ओली सरकारको मन्त्रीका रुपमा समेत हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?