साउदीमा अलपत्र २ सय ४७ नेपाली लिएर काठमाडौं उत्रियो नेपाल एयरलाइन्स

काठमाडौं । लकडाउनको कारण साउदी अरबमा अलपत्र परेका २ सय ४७ नेपाली काठमाडौं आइपुगेका छन् । पहिलोपटक नेपाल एयरलाइन्सले शनिवार साँझ त्यहाँको उडान गरि किङ खालिद इन्टरनेशनल एयरपोर्ट रियादबाट नेपालीहरु ल्याएको हो ।

आइतवार बिहान करिव ८ः४५ को समयमा काठमाडौं आइपुगेको विमानस्थल प्रशासनले जनाएको छ ।

साउदी अरबमा रोजगारीको लागि ठुलो संख्यामा नेपालीहरु रहेका छन् । साउदीमा लकडाउनको कारण अलपत्र परि नेपाल फर्कनको लागि २ सय ५९ जना यात्रुले टिकट लिएका थिए । तर ती मध्ये १२ जना विभिन्न कारणले उक्त उडानमा नेपाल फर्कन नपाएको होलिडेज ट्राभल्स एण्ड टुर्स लिमिडेटका सञ्चालक सरद शर्माले लोकपथलाई जानकारी दिए ।

पहिलोपटक नेपाल एयरलाइन्सको जहाज साउदी पुगेको साथै आगामी दिनहरुमा नियमित उडानको माग पनि बढेकाले यसको लागि पहल हुनुपर्ने शर्माले बताएका छन् ।

लकडाउनका कारण समस्यामा परी घर फर्किन चाहने धेरै नेपालीहरुले साउदीस्थित नेपाली दूतावासमा फारम भरेर प्रतिक्षारत रहेका थिए । साथै उनीहरुले नेपाल फर्किन पाएकोमा उनीहरुले खुसी व्यक्त गरेका छन् । त्यहाँ रहेका नेपालीहरुको उद्धार गरी ल्याउनको लागि नेपाल एयरलाइन्सलाई त्यसतर्फ पठाउन होलिडेज ट्राभल्स एण्ड टुर्स लिमिडेट र गिल्ट ट्राभल्सले समन्वय तथा सहजिकरण तथा संयोजन गरेका थिए ।

उनीहरुलाई नेपाल फर्किएसँगै सरकारले लागू गरेको मापदण्ड अनुसारको क्वारेन्टाइनमा राखि घर पठाइनेछ ।

यो समाचार पढ्नुभएको थियो ?

साउदीमा अलपत्र परेका नेपाली लिन उड्यो नेपाल एयरलाइन्सको जहाज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?