नेपाल बैंकर्स संघले निक्षेपमा दिने र कर्जामा लिने ब्याजदरबीचको अन्तर अर्थात स्प्रेड दर तोकिने अभ्यसलाई अन्त्य गर्न राष्ट्र बैंकसमक्ष आग्रह गरेको छ ।
संघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव दिँदै राष्ट्र बैंकले तोक्दै आएको स्प्रेड खारेज गर्नुपर्ने सुझाव दिएको हो ।
छिमेकी मुलुकहरूमा समेत ब्याजदर अन्तरको सीमा नतोकिएको हुनाले नेपालमा पनि त्यो अभ्यासको अन्त्य गर्नुपर्ने संघको माग छ ।
संघले बैंक तथा वित्तीय संस्थाहरूबीचको तीब्र प्रतिस्पर्धाले बैंकहरूले प्रदान गर्ने सेवाहरूको गुणस्तरमा सुधार हुँदै गएको, कमिसन दर घट्दै गएको, ब्याजदर अन्तर तथा विनिमय दर अन्तरसमेत कम हुँदै गएको र बैंकहरूको ‘रिटर्न अन इक्विटी’ निरन्तर रूपमा घट्दै गइरहेकाले स्प्रेड तोक्नु सान्दर्भिक नभएको जिकिर गरेको हो ।
संघले आधार दर गणना गर्दा सञ्चालन लागतको शतप्रतिशत रकम राख्नु उपयुक्त हुने र पुनर्कर्जा अन्तर्गत प्रदान गरिएको रकम पूर्णरूपमा ग्राहकलाई प्रदान गरिने हुनाले सो रकमलाई आधारदर गणना गर्दा हटाउन समेत संघले कन्द्रीय बैंकलाई सुझाव दिएको छ । कारोबार दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया