हेर्नुहोस् २०७७ साल असार ७ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ आषाढ ०७ गते । आईतवार । इ.स.२०२० जुन २१ तारिक । शकसंवत् १९४१ । प्रमादी संवत्सर । उत्तरायण ।

ग्रीष्म ऋतु । ने.सं. ११४० बछलागा । आषाढ कृष्णपक्ष । तिथी– औंसी, ११ बजेर ५७ मिनेट उप्रान्त प्रतिपदा ।

नक्षत्र– मृगशिरा,१३ बजेर २५ मिनेट उप्रान्त आद्र्रा । योग गंड,१४ बजेर ४१ मिनेट उप्रान्त वृद्धि । करण– नाग,११ बजेर ५७ मिनेट उप्रान्त किंस्तुध्न, २३ बजेर ५७ मिनेट उप्रान्त बव । आनन्दुध्नादिमा–सौम्य योग ।

चन्द्रराशि–मिथुन । काठमाडौंमा सूर्योदय ६ बजेर १० मिनेटमा, सूर्यास्त १९ बजेर ०० मिनेटमा । दिनमान ३४ घडी ३५ पला । अमावस्या।

स्नानदान गर्ने तथा हलो बार्ने औंसी। चूडामणि योग। खण्डग्रास सूर्य ग्रहण। काठमाडौंमा ग्रहण स्पर्श– १० बजेर ५० मिनेटमा मध्य –१२ बजेर ३८ मिनेटमा ।

मोक्ष– १४ बजेर २३ मिनेटमा । ग्रहण लाग्ने अवधि– ३ घण्टा ३३ मिनेट।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

लेखन,कला तथा साहित्यको क्षेत्रमा कलम चलाउनेहरुका लागि समय फलदायी रहेको छ । प्रेममा सामिप्यता बढेर जानेछ ।

आट शाहस तथा पराक्रममा वृद्धि भएर जाने हुनाले पुरुशार्थि काम गरेर नाम तथा दाम दुवै कमाउन सकिनेछ ।

न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । उद्योग तथा उत्पादन मुलक क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

बोल्ने कुरामा ध्यान नजादा आलोचनाको शिकार होईनेछ । कार्यक्षेत्रका कुरा काट्ने तथा खुट्टा तान्नेहरु सक्रिय हुनेछन् ।

खानपानमा ध्यान दिनुहोला समय मध्यम रहेको छ । कुटुम्ब तथा आफन्तसँग घरायसी कुरामा राय बाजिनेछ । व्यापारमा मन्दी आउनेछ ।

प्रेममा अविस्वास सिर्जना हुनेछ । गीत संगीतको क्षेत्रमा लाग्नेहरुका लागि समयले साथ दिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

प्रविधिको प्रयोग गरी रचानात्मक काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाई लेखाईमा सफलता हात पार्न सकिनेछ भने पहिले गरीएका कामहरु उपलब्धी मुलक बन्दै जानेछन् ।

नयाँ काम गर्न सकिने तथा सहयोग र समर्थन गर्नेहरु प्रशस्त भेटिनेछन् । समाजसेवा तथा राजनीतिमा चासो बढ्ने तथा जनताको काम गर्न सक्दा पद प्राप्तीको योग रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

पढाई लेखाईमा मन नजाँदा भनेजस्तो नतिजा हात पर्न सकिने छैन । काम गर्दा वा सवारी चलाउँदा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ ।

स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ । व्यापार व्यवसायमा बढी नै समय दिएमात्र नतिजा हात पार्न सकिनेछ । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

कामको सवालमा विशिष्ट व्यक्तिहरुसँग भेटघाट हुनेछ । आफन्तः,घरपरिवार तथा साथीभाईहरुका सहयोग पाईनाले मन प्रशन्न रहनेछ ।

प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापारमा सानो लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । प्रेममा रमाउन चाहने जोडीहरुका लागि समय फलदायी रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

समाजमा नेतृत्वदायी भुमिकामा बसेर काम गर्न सकिने तथा मान सम्मान ईज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ ।

नयाँ काम गर्न सकिनेछ भने नोकरिमा बढुवा हुने योग रहेको छ । व्यापार लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ भने कृषि,पशुपालन व्यवसाय फस्टाएर जानेछ ।

पढाई लेखाईमा मन जानेछ भने अध्ययनकै सवालमा यात्रा हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आफ्नो काममा अरुले हस्तक्षेप गर्न सक्छन् ध्यान दिनुहोला । जीवनशैलि व्यस्त रहेपनि न्यून उपलब्धीमा चित्त बुझाउनु पर्ला ।

पढाई लेखाईमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ । माया प्रेममा धोका तथा अविश्वास बढ्नेछ ।

राजनिति तथा समाजसेवामा काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरु वा खुट्टा तान्नेहरु हाबी हुनेछन् । कष्टकर धार्मिक यात्रा हुनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

खानपान तथा मौसमको ख्याल नगर्नाले स्वास्थ्यमा समस्या आउन सक्छ । कार्यक्षेत्रमा आलोचना गर्नेहरु बढ्ने तथा काम बिग्रने भएले सताउनेछ ।

व्यापार व्यवसायमा मन्दी आउने तथा आम्दानी घट्नाले दैनिकी प्रभावित हुनेछ । पढाई लेखाईमा मन नजानाले नतिजा आफूतिर ल्याउन मुस्किल पर्नेछ । प्रेममा धोका हुन सक्छ ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

जीवन साथीको सहयोगले राम्रा तथा उपलब्धी मुलक कामहरु गर्न सकिनेछ । बन्द व्यापार फस्टाएर जानेछ ।

अध्ययन अध्यापनमा मन जाने तथा खोजिमुलक क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ ।

सवारी साधन तथा विलाशी सामान हात लागि हुने योग रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

कार्यक्षेत्रमा केहि विषयमा विवाद भएपनि तपाईको भनाई तथा रायलाई स्वीकार्दै जाने सहमती जुट्नेछ । न्यायिक निर्णयहरु तपाईको पक्षमा आउनेछ ।

आफन्त तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइ सफलताकै मार्गमा अगाडी बढ्नेछ ।

प्रयन्न गर्दा राज्यबाट पद प्राप्तीको गतिलो योग रहेको छ । तपाईको खुट्टा तान्ने तथ कुरा काट्नेहरु तपाईकै प्रशंसा गर्दै हिड्नेछन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

समय र कामको तालमेल नमिल्दा योजनाहरु थाती रहनेछ । वौद्धिक क्रिर्याकलापमा भाग लिने अवसर आएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्ला ।

अध्ययनमा बाधा हुने तथा अरुका लागि समय खर्चनु पर्नेछ । भौतिक सम्पत्ती तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

व्यापारमा भनेजस्तो आम्दानी नहुनाले लगानीको वातावरण टरेर जानेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

साथीभाई तथा आफन्तसँग मनमुटाव बढ्ने योग रहेको छ ।

राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ । मन परेको मानिससँग टाडिनु पर्दा मनमा छटपटी र अशान्ति छाउनेछ ।

अन्य व्यापारमा मन्दी आउने भएपनि कृषि तथा सहकारी व्यावसाय फस्टाएर जानेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?