अमेरिकामा कोरोनाका कारण १ लाख २१ हजार बढीको गयो ज्यान, कति छन् संक्रमित ?

काठमाडौं । संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना भाइरसको असर सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख २१ हजार ६ सय ५२ पुगेको छ ।

बितेको २४ घण्टामा १६ हजार ७ सय ३० संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २३ लाख १३ हजार ९ सय २० पुगेको छ । हालसम्म ९ लाख ५८ हजार २ सय ३४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ५ सय ३१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण २ सय ४५ जनाले ज्यान गुमाएका छन् ।

विश्वभर हालसम्म कोरोनाका कारण ४ लाख ६४ हजार ५ सय ३ जनाका ज्यान गइसकेको छ भने ८८ लाख ४१ हजार ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, कोरोना संक्रमण जितेर घर फर्कनेको संख्या ४६ लाख ९५ हजार ९ सय ७९ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?