काठमाडौं – नेपालमा पछिल्लो समय संक्रमितको संख्या बढीरहेको छ । मृतकको संख्या थपिईरहेको छ । तर बितेको २४ घण्टामा ७ हजार ४ सय १६ पीसीआर परिक्षण भएको छ । यो सँगै अहिलेसम्म कुल १ लाख ६९ हजार १ सय ६५ जनाको पीसीआर प्रविधिबाट परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ४ सय २६ गरी आजसम्म कुल २ लाख ५२ हजार ३ सय परीक्षण भएको छ ।
मन्त्रालयका अनुसार शनिबार देशभर १ लाख २ हजार २ सय ४५ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै कुल ७ हजार ५ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।
अहिले सम्म कुल ७४ जिल्लामा कोभिड १९को संक्रमण फैलिएको छ । यसको लागि अझ तिव्र गतिमा परीक्षण गर्नुपर्ने विज्ञको भनाई छ ।
थप ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि :
नेपालमा आज (शनिवार) थप ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये ४९ जना महिला संक्रमित छन् भने २८२ जना पुरुष संक्रमित छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा थपिएका संक्रमितसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ८ हजार ६०५ पुगेको छ । कुल संक्रमितमध्ये ७ सय ५६ जना महिला र ७ हजार ८ हजार ४९ जना पुरुष रहेका छन् ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
थपिएका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । नेपालमा हिजो (शुक्रवार) ४६१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
नेपालमा कोरोना भाइरसका कारण अहिलेसम्म २२ जनाको मृत्यु भईसकेको छ भने १ हजार ५७८ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।
आज मात्रै नेपालमा थप १७६ जनाले कोरोनाविरुद्धको लडाई जितेर घर फर्किएका छन् ।

कुन जिल्लामा कति थपिए संक्रमित ?
विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान प्रयोगशालामा गरीएको परीक्षणमा : झापाका १ पुरुष सुनसरीका २ जना महिला गरी ३ जना
नारायणी अस्पताल विरगञ्जमा गरीएको परीक्षणमा : बाराका ३ जना पुरुष
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरीएको परीक्षणमा : बाराका १ जना महिला बाग्लुङका १ जना महिला र १३ जना पुरुष बैतडीका १८ जना पुरुष गुल्मीका २ महिला र १६ पुरुष डडेल्धुराका ५ महिला र ७ पुरुष डोटीका ९ महिला र ५२ पुरुष कैलालीका १ पुरुष र काठमाडौंका १ महिला नवलपरासी पूर्वका ३ महिला र १४ पुरुष नवलपरासी पश्चिमका १ जना पुरुष पाल्पाका १ जना पुरुष रामेछापका १ जना महिला र २ जना पुरुष रौतहटका २ जना पुरुष रुपन्देहीका १ जना पुरुष र सर्लाहीका ६ जना पुरुष गरी जम्मा १५७ जना

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रयोगशालामा गरीएको परीक्षणमा : १ जना महिला ७ जना पुरुष, पाल्पाका १ जना महिला र १५ जना पुरुष र भक्तपुरका ७ जना महिला गरी जम्मा ३१ जना
भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरीएको परीक्षणमा : नवलपरासी पूर्वका ४ जना पुरुष, स्याङ्जाका १ जना पुरुष गरी जम्मा ५ जना
किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडा प्रयोगशालामा : गरीएको परीक्षणमा रौतहटका १ महिला ४ पुरुष गरी ५ जना
त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज प्रयोगशालामा गरीएको परीक्षणमा : कैलालीका २ जना पुरुष
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठा पोखरामा गरीएको परीक्षणमा : बाग्लुङका ३ महिला ३ पुरुष गरी ६ जना
प्रादेशिक क्षयरोग प्रयोगशाला पोखरामा गरीएको परीक्षणमा: नवलपरासी पूर्वका ११ जना पुरुष र तनहुका २३ जना पुरुष गरी ३४ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरीएको परीक्षणमा : पाल्पाका ४ महिला १२ पुरुष गरी १६ जना
भेरी अस्पताल नेपालगञ्ज प्रयोशालामा गरीएको परीक्षणमा : बाँकेका २ महिला १२ पुरुष बर्दियाका ७ पुरुष गरी जम्मा २१ जना
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ प्रयोगशालामा गरीएको परीक्षणमा : रुकुम पश्चिमका १ पुरुष दाङका २ महिला र २ पुरुष र प्युठानका ८ पुरुष गरी जम्मा १३ जना

स्वास्थ्य सामग्री खरिदमा कुनै अनियमितता छैन : स्वास्थ्यमन्त्री
सरकारले प्रदेश प्रयोगशालाको क्षमता क्षमता वृद्धि गर्दै जनशक्ति थप गरी प्रतिदिन १० हजार पीसीआर परीक्षण गर्ने तयारी गरेको छ ।
नीजि प्रयोगशाला र प्रदेशमा स्थापना भएका प्रयोगशालाको क्षमता विस्तार गरी सरकारले प्रतिदिन १० हजार पीसीआर परीक्षण गर्ने तयारी गरेको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले असार १५ भित्र प्रतिदिन १० हजारको परीक्षण गर्ने तयारी स्वरुप काम भइरहेका बताए । जनशक्ति व्यवस्थापन, ल्याबलाई २४ घण्टा सञ्चालन गर्ने र नीजि क्षेत्रबाट परीक्षण गर्नेगरी तयारी अगाडी बढाइएको उनले बताए। उनले भने, ‘‘जनशक्ति व्यवस्थापन, ल्याबहरुलाई २४ घण्टा सञ्चालन गर्ने, नीजि क्षेत्रबाट गरी १० हजारको परीक्षण गर्न सकिन्छ ।’’ मन्त्री ढकालले प्रतिप्रदेशबाट १ हजारका दरले र नीजि क्षेत्रबाट ३ हजारका दरले प्रतिदिन परीक्षण हुने बताए ।
मन्त्री ढकालले स्वास्थ्य सामग्री खरिदमा कुनै अनियमितता नभएको बताएका छन् । अनियमितता भएको आशंकामा संसदको लेखा समितिले सोमबार जवाफ दिन खरिद प्रकृयामा संलग्न व्यक्तिहरुलाई बोलाएको छ । त्यअघि नै शनिबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री ढकालले सबै खरिद प्रकृया विधिअनुसार नै भएको बताए । उनले भने , ‘‘यसलाई धेरै दोहो¥याउनु परेन । कानून सबैलाई थाहा छ ।
पछिल्लो पटक पनि मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर विशेष अवस्थामा खरिद गर्ने भनिएको हो । विधि जे हो त्यहीबाट गर्ने भनेका छौँ । तर प्रकृयाका लागि लाग्ने दिनलाई सहजीकरण गरेका छौँ । किनकी महामारीको समयमा यत्तिकै सामान पाईदैन भने २१—२१ दिन कुरेर विधि पु¥याउन गाह्रो छ भनेर २, ३ दिनमा ल्याउने भनेर विधि र प्रकृयामा थोरै परिवर्तन गरिएको हो । अहिले सम्मको हाम्रो विधि र प्रकृया यहि हो ।’’
मन्त्री ढकालले विदेशबाट आउनेहरुको हकमा एउटा जहाजमा आउने सबैको पीसीआर परीक्षण गरेको सात दिन नपुगेको भए सबैलाई होम क्वारेन्टाइनमा पठाइने बताए । यद्यपी जहाजमा आउने मध्ये एक जनाको मात्रै पनि पीसीआर परीक्षण नभएको अवस्थामा सबैलाई १४ दिन क्वारेन्टाइनमा राखिने उनले बताए ।

नेपालमा थप १ सय ७६ जनाले जिते कोरोना संक्रमण
नेपालमा थप १ सय ७६ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जितेर घर फर्कनेको संख्या १५ सय ७८ जना पुगेको छ ।
आज संक्रमणमुक्त भएकाको विवरण यस्तो :
आज कोरोना संक्रमण जितेर अस्पतालबाट डिस्चार्ज हुनेमा
सिरहा अस्पतालबाट : २६ पुरुष, जानकी अस्पताल बाँकेबाट ४१ जना पुरुष
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट : १३ जना
कोसी अस्पतालबाट : मोरङका १ जना पुरुष र १ जना महिला, खोटाङका ३ जना पुरुष, सुनसरीका १ पुरुष र २ महिला, उदयपुरका १ पुरुष र १ महिला गरी जम्मा १० जना कोसी अस्पताल डिस्चार्ज भएका छन् ।
सुर्खेतबाट सल्यानका ११ जना पुरुष र सुर्खेतका १३ जना पुरुष गरी २४ जना डिस्चार्ज भएका छन् ।
कोरोना विशेष अस्पताल दाङबाट २ जना महिला र ३ जना पुरुष डिस्चार्ज भएका छन् ।
मनहरी आइसोलेशनबाट १ जना महिला र ५ जना पुरुष गरी ६ जना डिस्चार्ज भएका छन् ।
डडेल्धुराअस्पताल २ जना अछाम अस्पतालबाट ५ जना
दार्चुला अस्पतालबाट २ जना
डोटी अस्पतालबाट ९ जना
धनगढीबाट अस्पतालबाट ८ पुरुष
टीकापुर अस्पतालबाट ४ जना
नेपालगन्ज मेडिकल कलेजबाट १ जना
महाकाली अस्पतालबाट ८ जना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया