२७ श्रावण २०७९, शुक्रवार

आमाद्वारा एक वर्षीय छोरोको हत्या

२०७४,आश्विन,५,बिहीवार ११:१७

0
Shares

मेलम्ची, ५ असोज ।सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा आफ्नै एक वर्षीय छोरोको हत्या गरेको आरोपमा आमालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।पाँचपोखरी थाङ्पाल गाउँपालिका–७ भोटेनाम्लाङ बस्ने वर्ष २७ की मीना तामाङले आफ्नै छोरालाई विष खुुवाई हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको हो ।अत्यधिक मादक पदार्थ सेवन गरेकी मीनाले मंगलबार बिहान आफ्नै छोरालाई विष खुवाई कोक्रामा छोडेर कसैलाई खबर नगरी घटना लुकाउन घाँस काट्ने निउँमा जंगल गएको प्रहरी अनुसन्धानबाट पत्ता लागेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुुंगानाले बताए ।ढुुंगानाको अनुसार घटनापश्चात मृतकको हजुरबुबाले बालकको उपचारका लागि स्थानीय स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । मृतक बालकको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा शव परीक्षण गरिएको थियो ।घटना लुुकाउन अभियुुक्तले ढाकछोप परेपछि इप्रका मेलम्चीले संघीय प्रहरी एकाइ कार्यालय बाग्मतीसँग समन्वय गरी पोलीग्राफ परीक्षणसमेत गरेको थियो । परीक्षण र प्रहरीको अनुुसन्धानपछि अभियुक्त तामाङले विष खुुवाएको स्वीकार गरेकी हुुन ।

प्रकाशित मिति: २०७४,आश्विन,५,बिहीवार ११:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सरकारले भदौ ५ गतेदेखि दोस्रो चरणअन्तर्गत बाँकी रहेका ५० जिल्लाका बालबालिकालाई लक्षित गरेर खोप अभियान सुरु गर्ने भएको

खोटाङ । बोलबमका कारण खोटाङको त्रि–धार्मिकस्थल हलेसी चलायमान बनेको छ । साउनभर लाग्ने बोलबम मेलाको अवसरमा धार्मिक तथा पर्यटकीयस्थल हलेसी

१. कुमारी आमा भनेर चिनिएकी निहारिका राजपुतले राष्ट्रपति भवन शितल निवासअघि पुगेर गरिन् आत्मदाहको प्रयास, पेट्रोल छर्किएर शरीरमा आगो लगाउन

काठमाडौं । काठमाडौं उपत्यका एवम् देशभर नै आजबाट गाईजात्रा पर्व मनाउन थालिएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म

ताजा समाचार

हलेसीमा बाेलबमकाे राैनक
 २०७९,श्रावण,२७,शुक्रवार २१:२७
घरबाट चोरी भएको मोटरसाइकल जंगलमा फेला
 २०७९,श्रावण,२७,शुक्रवार २१:११
महाकालीमा डुबेर दुई किशोरी बेपत्ता
 २०७९,श्रावण,२७,शुक्रवार २०:३९