सत्तारुढ नेकपाका जिल्ला सदस्यमाथि सांघातिक आक्रमण

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का रौतहट जिल्ला कार्यसमिति सदस्य बिजय साहमाथि गएराति सांघातिक आक्रमण भएको छ ।

गरुडा नगरपालिका लक्षमीपुर घर भएका साह माथि गएराति ९ बजेतिर महमदपुर–लक्षमीपुर टोलस्थित बाटोमा सांघातिक आक्रमण भएको हो ।

महमदपुरका पूर्व गाविस अध्यक्ष रामप्रसाद यादवको घरबाट जिपमा फर्किने क्रममा एक समूहले बिजयलाई जिपबाट बाहिर ल्याई आक्रमण गरेको नेकपा गरुडा नगरकमिटी सचिव रामबाबुु चौधरीले बताए ।

साहको अहिले तराई अस्पताल वीरगन्जमा उपचार भइरहेको छ ।

राजनितिक पूर्वाग्रहकोे कारण महमदपुर गाँउकै केही मानिसले विजय साहमाथि आक्रमण गरेको सचिव चौधरीले आरोप लगाएका छन् ।

रौतहट प्रहरी प्रमुख एसपी रबीराज खड्काले घटनाबारे हालसम्म कसैले मौखिक अथवा लिखित उजुरी नआएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?