काठमाडौं । नेपालमा आज (शनिवार) थप ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये ४९ जना महिला संक्रमित छन् भने २८२ जना पुरुष संक्रमित छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा थपिएका संक्रमितसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ८ हजार ६०५ पुगेको छ । कुल संक्रमितमध्ये ७ सय ५६ जना महिला र ७ हजार ८ हजार ४९ जना पुरुष रहेका छन् ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
थपिएका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । नेपालमा हिजो (शुक्रवार) ४६१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
नेपालमा कोरोना भाइरसका कारण अहिलेसम्म २२ जनाको मृत्यु भईसकेको छ भने १ हजार ५७८ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।
आज मात्रै नेपालमा थप १७६ जनाले कोरोनाविरुद्धको लडाई जितेर घर फर्किएका छन् ।
कुन जिल्लामा कति थपिए संक्रमित ?
विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान प्रयोगशालामा गरीएको परीक्षणमा : झापाका १ पुरुष सुनसरीका २ जना महिला गरी ३ जना
नारायणी अस्पताल विरगञ्जमा गरीएको परीक्षणमा : बाराका ३ जना पुरुष
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरीएको परीक्षणमा : बाराका १ जना महिला बाग्लुङका १ जना महिला र १३ जना पुरुष बैतडीका १८ जना पुरुष गुल्मीका २ महिला र १६ पुरुष डडेल्धुराका ५ महिला र ७ पुरुष डोटीका ९ महिला र ५२ पुरुष कैलालीका १ पुरुष र काठमाडौंका १ महिला नवलपरासी पूर्वका ३ महिला र १४ पुरुष नवलपरासी पश्चिमका १ जना पुरुष पाल्पाका १ जना पुरुष रामेछापका १ जना महिला र २ जना पुरुष रौतहटका २ जना पुरुष रुपन्देहीका १ जना पुरुष र सर्लाहीका ६ जना पुरुष गरी जम्मा १५७ जना
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रयोगशालामा गरीएको परीक्षणमा : १ जना महिला ७ जना पुरुष, पाल्पाका १ जना महिला र १५ जना पुरुष र भक्तपुरका ७ जना महिला गरी जम्मा ३१ जना
भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरीएको परीक्षणमा : नवलपरासी पूर्वका ४ जना पुरुष, स्याङ्जाका १ जना पुरुष गरी जम्मा ५ जना
किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडा प्रयोगशालामा : गरीएको परीक्षणमा रौतहटका १ महिला ४ पुरुष गरी ५ जना
त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज प्रयोगशालामा गरीएको परीक्षणमा : कैलालीका २ जना पुरुष
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठा पोखरामा गरीएको परीक्षणमा : बाग्लुङका ३ महिला ३ पुरुष गरी ६ जना
प्रादेशिक क्षयरोग प्रयोगशाला पोखरामा गरीएको परीक्षणमा: नवलपरासी पूर्वका ११ जना पुरुष र तनहुका २३ जना पुरुष गरी ३४ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरीएको परीक्षणमा : पाल्पाका ४ महिला १२ पुरुष गरी १६ जना
भेरी अस्पताल नेपालगञ्ज प्रयोशालामा गरीएको परीक्षणमा : बाँकेका २ महिला १२ पुरुष बर्दियाका ७ पुरुष गरी जम्मा २१ जना
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ प्रयोगशालामा गरीएको परीक्षणमा : रुकुम पश्चिमका १ पुरुष दाङका २ महिला र २ पुरुष र प्युठानका ८ पुरुष गरी जम्मा १३ जना
नेपालमा थप १ सय ७६ जनाले जिते कोरोना संक्रमण
नेपालमा थप १ सय ७६ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जितेर घर फर्कनेको संख्या १५ सय ७८ जना पुगेको छ ।
आज संक्रमणमुक्त भएकाको विवरण यस्तो
आज कोरोना संक्रमण जितेर अस्पतालबाट डिस्चार्ज हुनेमा
सिरहा अस्पतालबाट : २६ पुरुष, जानकी अस्पताल बाँकेबाट ४१ जना पुरुष
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट : १३ जना
कोसी अस्पतालबाट : मोरङका १ जना पुरुष र १ जना महिला, खोटाङका ३ जना पुरुष, सुनसरीका १ पुरुष र २ महिला, उदयपुरका १ पुरुष र १ महिला गरी जम्मा १० जना कोसी अस्पताल डिस्चार्ज भएका छन् ।
सुर्खेतबाट सल्यानका ११ जना पुरुष र सुर्खेतका १३ जना पुरुष गरी २४ जना डिस्चार्ज भएका छन् ।
कोरोना विशेष अस्पताल दाङबाट २ जना महिला र ३ जना पुरुष डिस्चार्ज भएका छन् ।
मनहरी आइसोलेशनबाट १ जना महिला र ५ जना पुरुष गरी ६ जना डिस्चार्ज भएका छन् ।
डडेल्धुराअस्पताल २ जना अछाम अस्पतालबाट ५ जना
दार्चुला अस्पतालबाट २ जना
डोटी अस्पतालबाट ९ जना
धनगढीबाट अस्पतालबाट ८ पुरुष
टीकापुर अस्पतालबाट ४ जना
नेपालगन्ज मेडिकल कलेजबाट १ जना
महाकाली अस्पतालबाट ८ जना
भरपुरबाट ६ जना डिस्चार्ज भएका छन् ।
कुल डिस्चार्ज भएका १५ सय ७८ जना मध्ये १ सय ४१ जना महिला र १ हजार ४ सय ३७ जना पुरुष रहेका छन् ।
काठमाडौंकी एक महिलामा कोरोना संक्रमण पुष्टि
काठमाडौंमा आज एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणका क्रमा उनमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
धादिङमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि
शनिवार धादिङमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १ महिला र ८ पुरुष रहेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणको क्रममा थप ९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
भक्तपुरका सात महिलामा कोरोना पुष्टि
भक्तपुरका सात जना महिलामा आज एकैपटक कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको स्वाब परीक्षणका क्रमा उनीहरु कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ ।
भिडियोको लागि यो लिंक क्लिक गर्नुहोस् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया