काठमाडौं । नेपालमा थप १ सय ७६ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जितेर घर फर्कनेको संख्या १५ सय ७८ जना पुगेको छ ।
आज कोरोना संक्रमण जितेर अस्पतालबाट डिस्चार्ज हुनेमा सिरहा अस्पतालबाट २६ पुरुष, जानकी अस्पताल बाँकेबाट ४१ जना पुरुष, सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट १३ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।
त्यस्तै, कोसी अस्पतालबाट मोरङका १ जना पुरुष र १ जना महिला, खोटाङका ३ जना पुरुष, सुनसरीका १ पुरुष र २ महिला, उदयपुरका १ पुरुष र १ महिला गरी जम्मा १० जना कोसी अस्पताल डिस्चार्ज भएका छन् ।
प्रवक्ता गौतमका अनुसार सुर्खेतबाट सल्यानका ११ जना पुरुष र सुर्खेतका १३ जना पुरुष गरी २४ जना डिस्चार्ज भएका छन् ।
कोरोना विशेष अस्पताल दाङबाट २जना महिला र ३ जना पुरुष डिस्चार्ज भएका छन् । मनहरी आइसोलेशनबाट १ जना महिला र ५ जना पुरुष गरी ६ जना डिस्चार्ज भएका छन् ।
डडेलधुरा अस्पताल २ जना अछाम अस्पतालबाट ५ जना, दार्चुला अस्पतालबाट २ जना, डोटी अस्पताल ९ जना, धनगढीबाट ८ पुरुष, टीकापुरु अस्पतालबाट ४ जना, नेपालगन्ज मेडिकलबाट १ जना, महाकाली अस्पतालबाट ८ जना र भरपुरबाट ६ जना डिस्चार्ज भएका छन् ।
कुल डिस्चार्ज भएका १५ सय ७८ जना मध्ये १ सय ४१ जना महिला र १ हजार ४ सय ३७ जना पुरुष रहेका छन् ।
शनिवार नेपालमा ३३१ जनामा कोरोना पुष्टि, संक्रमितको कुल संख्या ८,६०५ पुग्यो
नेपालमा आज (शनिवार) एकैपटक ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ८ हजार ६०५ पुगेको छ ।
उनका अनुसार आज पाइएका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । नेपालमा कोरोना भाइरसका कारण अहिलेसम्म २२ जनाको मृत्यु भईसकेको छ भने १ हजार ५७८ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।
नेपालमा हिजो (शुक्रवार) ४६१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया