प्रहरीले पुनः बन्द गरायो जानकी मन्दिर

जनकपुरधाम – कोरोना भाईरस ‘कोभिड -१९’ को महामारीबाट बच्न सरकारले लकडाउनको नीति लिएपछि बन्द गराईएको जनकपुरधामको जानकी मन्दिर सर्वसाधारणका लागि खुल्ला गरिएको १ दिन नबित्दै पुनः बन्द भएको छ।

बिहिवारदेखि मन्दिरका मुलद्वारसहित अन्य द्वारहरु खोलिएको थियो । तर कोरोना जोखिम घटिनसकेको र भिडभाडबाट स्थिती भयावह हुन सक्ने भन्दै धनुषा प्रहरीले पुनः मन्दिर बन्द गराएको हो।

शुक्रवार प्रहरीले सबै द्वारहरु बिहानै पुगेर बन्द गराउनुका साथै त्यहाँ पुगिसकेका दर्शनार्थीहरुलाई उत्तरतर्फको द्वारबाट प्रवेश गर्न दिएको थियो।

त्यसपछि मन्दिर प्रवेशमा पूर्ण रुपमा निषेध गरिएको धनुषा प्रहरीले जनाएको छ ।

पर्याप्त सुरक्षा सतर्कता नअपनाई मन्दिर खुल्ला गरिएकोले जिल्ला संकट व्यवस्थापन समिति धनुषाले पुनः बन्द गर्न लगाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?