७ परियोजनाको लागि १८५ अर्ब ४३ करोड लगानी स्वीकृत, कुनलाई कति ? (सूचीसहित)

काठमाडौं । लगानी बोर्डको कार्यालयले विभिन्न ७ वटा परियोजनाहरुको लगानी स्वीकृत गरेको छ । शुक्रवार लगानी बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले विभिन्न सात परियोजनाको लागि १८५ अर्ब ४३ करोड बराबरको लगानी स्वीकार गरेको हो । जसमध्ये ५ वटा जलविद्युत आयोजना र २ सिमेन्ट परियोजना रहेका छन् ।

कुनले कति पाए लगानी ?

अपर मर्स्याङ्दी जलविद्युत आयोजना- करिब ७८ अर्ब ६५ करोड

अंखु खोला जलविद्युत परियोजना करिब- ६ अर्ब ३० करोड

म्याग्दी खोला जलविद्युत परियोजना करिब- १० अर्ब ३१ करोड

इसुवा खोला जलविद्युत परियोजना करिब- १३ अर्ब ५६ करोड

कलिगण्डकी गोर्जे जलविद्युत परियोजना करिब- २८ अर्ब ३५ करोड

द्याङ सिमेन्ट ईन्ड्रष्ट्रिज परियोजनाको लागि करिब- ३२ अर्ब ५० करोड

सम्राट सिमेन्ट ईन्ड्रष्ट्रिज परियोजनाको लागि करिब- १५ अर्ब ५ करोड

त्यतिमात्र नभएर बाँकेको कोहलपुर र कपिलवस्तुको वाणगङ्गामा सञ्चालन हुने २० मेगावट स्टोरेज क्षमतासहितको १२५ मेगावटका दुई छुट्टा छुट्टै सौर्य उर्जा परियोजनाको सार्वजनिक निजी साझेदारीमा विकास तथा सञ्चालनका लागि अध्ययन गर्न रिजन इनर्जी सिंगापुर जेभि प्रालि लाई सर्वेक्षण अनुमती प्रदान गर्ने निर्णय समेत गरेको छ ।

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/06/44-board-PR.pdf”]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?