बाराक ओबामाका लोकप्रिय ११ भनाई

काठमाडौं । अमेरिकाका भूतपूर्व राष्ट्रपति बाराक हुसेन ओबामा प्रसिद्ध राजनीतिज्ञ हुन् । उनी अमेरिकाका प्रथम अश्वेत (अफ्रिकी अमेरिकी) राष्ट्रपति हुन् ।

अमेरिकाका ४४ औँ राष्ट्रपति ओबामाको जन्म ४ अगस्ट सन् १९६१ मा अमेरिकाको हवाई राज्यमा भएको थियो । ओबामा सन् २००८ मा अमेरिकाको राष्ट्रपति पदका लागि डेमोक्र्याटिक पार्टीबाट उम्मेद्वार बनेका थिए ।

बाराक ओबामाका लोकप्रिय ११ भनाई

१. एक जना मानिसको आवाजले पुरै कोठा भरिको महोल परिवर्तन गरिदिन सक्दछ ।

२. यदि तिमीले धेरै मिहेनतले आफ्नो दायित्व पुरा गर्न सक्यौ भने तिमीले कसरी शुरु गर्यौ भन्ने कुराले केहि असर गर्दैन, र तिमी धेरै अगाडि बढ्न सक्छौ ।

३. प्रत्येक महिला स्वतन्त्र तरिकाले हिँड्न पाउनुपर्छ, प्रत्येक महिलालाई आधारका साथ व्यवहार गरिनुपर्छ ।

४. प्रगतिको बाटो कहिल्यै पनि सिधार सहज हुँदैन ।

५. हामीले भविष्य देखि डराउने होइन, आकार दिने गर्नुपर्दछ ।

६. जीवनको कुनै पनि मूल्यवान कुरा पाउन सहज छैन ।

७. निन्दनीय शब्दहरु वा भाषण्को विरुद्धमा दमन नभएर भाषणकै प्रयोग गर्नुपर्दछ ।

८. हामीले यसरी काम गरेर आफ्नो देश बनाउनुपर्छ की, हाम्रा बच्चाहरुले आफ्नै देशमा उनीहरुको आशा अनुसारको जीवन पाउन् ।

९. खेलाडीहरु परिवर्तन गरेर मात्र पर्याप्त छैन,हामीले पुरै खेल परिवर्तन गर्नुपर्दछ ।

१०. कुनै पनि धर्मको कारणले आतंकवाद जन्मिएको होइन, हिंसा र आतंकको कारण मानिसहरु नै हुन्, धर्म होइन ।

११. बच्चा जन्माउँन सक्छु भन्दैमा तिमी पुरुष कहलिदैनौ,बच्चालाई हुर्काउन सके मात्र तिमी पुरुष हौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?