काठमाडौं – नागरिकता विधेयकबारे छलफल गर्न बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने व्यवस्था गर्ने निर्णय गरेको छ ।
२०७५ सालेदखि संसदमा विचाराधीन अवस्थामा रहेको नागरिकता विधेयकमा यसअघि राज्यव्यवस्था समितिमा रहेका सदस्यहरुलाई बोलाएर नेकपाका अध्यक्षद्वयले छलफल गरेका थिए । सबै सांसदहरुले सातवर्षको अवधिपछि मात्रै अंगीकृत नागरिकता दिनुपर्ने बताएका थिए । निकै लामो परामर्श भएपछि थप निर्णय गर्न सचिवालयलाई जिम्मा दिइएकोमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने व्यवस्था गर्ने नेकपा सचिवालले निष्कर्ष निकालेको छ ।
सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ”आजको बैठकले ७ वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिने र त्यतिबेलासम्मका लागि स्थायी आवासीय प्रमाणपत्र दिने व्यवस्था गर्ने निर्णय गरेको छ ।”

‘संसदमा विचाराधीन नागरिकता विधेयकका कतिपय प्रावधानहरूका बारेमा छलफल भयो । नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाको हकमा ७ वर्ष देशभित्र बसेको पुष्टि भएपछि आफ्नो विदेशमा नागरकिता वा त्यस्तै प्रमाणपत्र लिएको भए त्यसलाई परित्याग गर्ने कारबाही चलाएको प्रमाण पेश गरेपछि सम्बन्धित व्यक्तिले वैवाहिक अंगीकृत नागरिकताका प्राप्त गर्नु उपयुक्त हुन्छ भन्ने निष्कर्ष निकालियो ।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया