भोलि खण्डग्रास सूर्यग्रहण, कुन राशिले हेर्न मिल्ने, कुनले नमिल्ने ?

काठमाडौं । २०७७ साल आषाढ ०७ गते औंसी तिथिका दिन सूर्य ग्रहण लाग्नेछ ।

बिहान १० बजेर ५० मिनेटबाट स्पर्स गरि मध्यान्ह १२ बजेर ३८ मिनेटमा मध्य हुदै अपरान्ह ०२ बजेर २३ मिनेटमा मोक्ष हुनेछ । खण्डग्रास सूर्य ग्रहणको अवधि ३ घण्टा ३३ मिनेटको हुनेछ ।

खण्डग्रास सूर्य ग्रहण विराटनगरबाट बिहान १० बजेर ५८ मिनेटमा शुरु,मध्यान्ह १२ बजेर ४७ मिनेटमा मध्य र अपरान्ह २ बजेर २९ मिनेटमा अन्त्य हुनेछ ।

यसैगरि जनकपुरमा बिहान १० बजेर ५५ मिनेटमा शुरु,मध्यान्ह १२ बजेर ४२ मिनेटमा मध्य र अपरान्ह २ बजेर ३६ मिनेटमा अन्त्य हुनेछ । हेटौँडाबाट बिहान १० बजेर ५३ मिनेटमा शुरु, मध्यान्ह १२ बजेर ४० मिनेटमा मध्य र अपरान्ह २ बजेर २४ मिनेटमा अन्त्य हुनेछ ।

पोखरामा बिहान १० बजेर ५० मिनेटमा शुरु ,मध्यान्ह १२ बजेर ४१ मिनेटमा मध्य र अपरान्ह २ बजेर २१ मिनेटमा अन्त्य हुनेछ ।

बुटवलबाट बिहान १० बजेर४८ मिनेटमा सुरु मन्यान्ह १२ बजेर ३५ मिनेटमा मध्य र अपरान्ह २ बजेर २० मिनेटमा अन्त्य हुनेछ ।

बिरेन्द्रनगरबाट बिहान १० बजेर ४५ मिनेटमा शुरु ,मध्यान्ह १२ बजेर ३० मिनेटमा मध्य र अपरान्ह २ बजेर १५ मिनेटमा अन्त्य हुनेछ ।

धनगढिबाट बिहान १० बजेर ४२ मिनेटमा शुरु ,मध्यान्ह १२ बजेर २६ मिनेट र अपरान्ह २ बजेर १२ मिनेटमा अन्त्य हुनेछ ।

शास्त्रीय मान्यता अनुसार आषाढ ०६ गते शनिवार राति १० बजेर ५० मिनेट देखि बालक,वृद्ध,रोगी तथा गर्भवती महिलाहरू बाहेक अरुलाई भोजन निषेध गरिएको छ । ग्रहणको समयमा भोजन निषेध हुनुका साथै पकाउने, काट्ने, विभिन्न औजारको प्रयोग गर्ने, भूमी खनन गर्ने, शुभ कार्यको प्रारम्भ गर्ने, मलमूत्र त्याग गर्ने, कपाल कोर्ने, दन्तमञ्जन गर्ने, चेक तथा अन्य महत्त्वपूर्ण निर्णयहरु आदिमा हस्ताक्षर गर्ने कार्य तथा देवताहरूको मूर्ति तथा तुलसीको वृक्ष स्पर्श गर्ने कार्य पूर्णरुपले निषेध गरिएको छ ।

यसका साथै विशेषगरी ग्रहणको समयमा गर्भवती महिलाहरू घर बाहिर निस्कनु हुँदैन, यदि निस्कनै परेमा तुलसीपत्र, कुश,चन्दन साथमा राखेरमात्र घर बाहिर निस्कनु पर्दछ ।

ग्रहणको समयमा तन्त्र मन्त्रको जप गर्ने,ध्यान गर्ने तथा आफ्नो जन्म कुण्डली अनुसार कुन दशा ग्रह चलेको छ त्यसको जप शान्ति गर्नाले हजारौ गुण फल मिल्ने शाश्त्रमा उल्लेख गरिएकोछ । ग्रहणको समयमा विभिन्न शाश्त्र जस्तै चारवेद, पुराण, गिता तथा उपनिशद जस्ता शास्त्रको अध्ययन तथा मनन गर्नु लाभदायक हुनेछ ।

हामी बस्ने ठाउँमा बिकिरण तथा नकारात्मक उर्जा तथा किरण घरभित्र प्रवेश गर्ने हुनाले खानेकुराहरु पकाएर खाने तथा राख्नु हुदैन ।

बाल बच्चा,वृद्ध तथा अशक्तहरुको लागि राख्नै परे घरको मुल गेटमा तथा खानेकुराको छेवैमा गाईको गोबर राख्नाले ग्रहणबाट आउने बिकिरण तथा नकारात्मक उर्जा रोक्दछ ।

जुन नक्षत्र र जुन राशिमा ग्रहण लाग्दछ त्यो नक्षत्र र राशि भएका व्यक्तिहरुलाई कष्ट हुने शास्त्रमा उल्लेख गरिएको छ ।

आषाढ ०७ गते मृगशिरा र आद्रा नक्षत्र र मिथुन राशिका व्याक्तिहरुले सजक हुनुपर्नेछ ।

१२ राशि भएका व्याक्तिहरुका लागि ग्रहण फल यस प्रकार रहेको छ ।

मेष : श्रीप्राप्ति
वृष : क्षति
मिथुन : घात
कर्कट : व्यय
सिंह  : सुखम्
तुला : माननाश
वृश्चिक : कष्टम्
धनु : स्त्रीपीडा
मकर : सौख्यम्
कुम्भ : चिन्ता
मीन : व्यथा

ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?