सरकारले राति हिँड्डुल गर्न रोक लगायो

सरकारले कोभिड–१९ को संक्रमण रोकथामका लागि अत्यावश्यक सेवाबाहेकमा राति १० देखि बिहान ५ बजेसम्म हिँड्डुल गर्न रोक लगाएको छ । संक्रमणबाट कम प्रभावित क्षेत्रमा असार १ गतेदेखि लकडाउन खुकुलो बनाएको सरकारले ‘लकडाउन व्यवस्थित गर्नेसम्बन्धी सुरक्षा मापदण्ड–२०७७’ जारी गर्दै अत्यावश्यक सेवाबाहेक राति पैदल र सवारीबाट हुने हिँड्डुलमा निषेध गरेको हो ।
मापदण्ड कडाइका साथ पालना गराउन गृह मन्त्रालयले सुरक्षा निकाय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?