प्रदेश नं.२ मा एमाले तेश्रो स्थानमा, माओवादी केन्द्र अगाडि

काठमाडौं, ५ असोज ।प्रदेश नं २ मा भएको स्थानीय तहको निर्वाचनमा एमालेलाई माओवादी केन्द्रले पछि पारेको छ । बिहीबार अपरान्ह ४ बजेको अपडेट अनुसार ८ स्थानमा विजय प्राप्त गर्दै कांग्रेसले अग्रता कायम राखेको छ । दोश्रो स्थानमा रहेको एमालेलाई माओवादी केन्द्रले उछिनेको छ । माओवादी केन्द्रले ५ स्थानीय तह जितेको छ । ४ स्थान जितेको एमाले तेस्रो बनेको छ ।अहिलेसम्म कांग्रेसले धनुषाका २, सप्तरीका २, सिराहामा २ र बारा रौतहटमा एकएक स्थान जितेको छ ।त्यस्तै माओवादी केन्द्रले सिराहा ३ र पर्सा र रौतहटमा एकएक सथान जितेको छ । एमालेले भने धनुषाका २ सथान तथा पर्सा र सप्तरीमा एकएक स्थान जितेको छ । त्यस्तै राजपा ३, संघीय समाजवादी फोरम २ र फोरम लोकतान्त्रिकले २ स्थानमा जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?