महजोडीको ‘शत्रु गते’को यस्तो आयो पोष्टर

काठमाडौं – महजोडीको निर्माण रहेको चलचित्र ‘शत्रु गते’को अर्थात पोष्टर सार्वजनिक गरिएको छ । चलचित्रको प्रचार प्रसारको थालनी गर्न निर्माण युनिटले यसको पोष्टर ल्याएको हो सार्वजनिक पोष्टरमा चलचित्रमा देखिने जोडीलाई नै समेटिएको छ । पोष्टरमा हरिवंश आचार्य र दीपाश्री निरौला, दीपकराज गिरी र प्रियंका कार्की तथा पल शाह र आंचल शर्माको जोडी देख्न सकिन्छ । तीन पुस्ताको रुपमा बुझिने यिनलाई नै पोष्टरमा आटाएक छन् चलचित्रको बिषयबस्तु अनुसार पोष्टर तयार गरिएको निर्देशक प्रदिप भट्टराईले बताए । श्रीधर पौडेलको फोटोग्राफी रहेको पोष्टरलाई टौवा क्रिएसनका लागि विजय बस्याल र शान थापाले तयार गरेका हुन् चलचित्रमा पोष्टरमा देखिएक कलाकारको अलवा मदनकृष्ण श्रेष्ठ, किरण केसी, शिवहरी पौडेल लगायतको पनि अभिनय रहेको छ मह सञ्चारको ब्यनारमा निर्माण गरिएको यो चलचित्रको प्रस्तुतकर्ता किरण केसी हुन् । हरिवंश आचार्यको कथा चलचित्रमा रहेको छ दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेको चलचित्रको रिलिज मिति ९ चैत्र तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?