काठमाडौं । दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना कार्यक्रमले ग्रिल उद्योगहरुलाई विभिन्न स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ ।
सरकारले लकडाउन खुलुलो बनाएसँगै सञ्चालनमा आएका उद्योगमा काम गर्ने कामदार तथा ग्राहकहरुको सुरक्षाका लागि परियोजनाले ग्रिल तथा स्टिल व्यवसायी महासंघ र अटो मेकानिकल महासंघलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । कोरोना संक्रमणको समयमा सञ्चालनमा आएका उद्योगहरुमा काम गर्ने कामदार तथा ग्राहकहरुको सुरक्षालाई मध्यनजर गर्दै सामाग्री हस्तान्तरण गरिएको परियोजनाका टिम लिडर सुवास सुवेदीले बताए ।
ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरेसँगै सञ्चालनम आएका उद्योगहरुलाई कसरी सुरक्षित बनाउने भन्नेकुरा मध्यनजर गर्दै ५ वटा उद्योगहरुलाई नमुनाका रुपमा सामाग्री दिइएको बताए ।
स्वास्थ्य सुरक्षाका सामाग्रीले कोरोना संक्रमण न्यूनिकरणका लागि थप सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । ग्रिल व्यवसायी राम कुमार गिरीले लक डाउनको मोडालिटी परिवर्तन भएपछि सम्पूर्ण सुरक्षा सावधानी अपनाएर उद्योग सञ्चालनमा आएको बताए ।
स्वीस सरकारको स्वीस विकास सहयोग र नेपाल सरकारको सहकार्यक्रम सञ्चालित एसटिसी परियोजना अन्तरर्गत उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया