हेर्नुहोस् २०७७ साल असार ६ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ आषाढ ०६ गते । शनिवार । इ.स.२०२० जुन २० तारिक । शकसंवत् १९४१ । प्रमादी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । ने.सं. ११४० बछलागा । आषाढ कृष्णपक्ष । तिथी– चतुर्दशी, ११ बजेर ३२ मिनेट उप्रान्त औंसी ।

नक्षत्र–रोहिणी,१२ बजेर २० मिनेट उप्रान्त मृगशिरा । योग शूल,१५ बजेर २२ मिनेट उप्रान्त गंड । करण– शकुनि,११ बजेर ३२ मिनेट उप्रान्त चतुष्पद,२३ बजेर ४८ मिनेट उप्रान्त नाग । आनन्दादिमा–श्रीवत्स योग ।

चन्द्रराशि–वृष । काठमाडौंमा सूर्योदय ६ बजेर १० मिनेटमा, सूर्यास्त १९ बजेर ०० मिनेटमा । दिनमान ३४ घडी ३५ पला । दर्शश्राद्ध। निशि बार्ने औंसी। सायन सूर्य कर्कट राशिमा प्रवेश।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

बोलेको कुरा पुर्याउन नसक्दा सहकर्मी तथा आफन्तबाट तपाईको आलोचना हुनेछ । पढाई लेखाईमा आत्तिने बानिले नतिजा आफ्नो पक्षमा पार्न मुस्किल पर्नेछ ।

परिवारका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुरेपनि खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । प्रेममा केहि असन्तुष्टि मिलाउँदै बढ्न सकिनेछ । व्यापारमा मन्दी आउनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

मिष्ठान्न भोजन,उत्तम वस्त्र तथा उपहार हात लाग्ने योग रहेको छ । बोलिको प्रभाव बढ्नेछ । कार्यक्षेत्रमा तपाईको कामदेखेर सबैजना प्रशन्न हुनेछन् ।

प्रेममा सुमधुरता बढेर जाने तथा पति पत्निबीच एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । तर पनि समय मध्यम रहेकोले बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । कामगर्दा ध्यान दिनुहोला काम बिग्रन तथा जरिवाना हुन सक्छ ।

काम वा अध्ययनको शिलशीलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला । माया प्रेममा नजिक हुन केही समय पर्खनु पर्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

अध्ययन तथा अनुसन्धानमा ध्यान केन्द्रित हुदा उत्कृष्ट नजिता हात पार्न सकिनेछ ।

प्रविधिको उच्चतम् प्रयोग गरी रचानात्मक कार्य गर्न सकिनेछ । पैत्रिक धनको प्रयोग मार्फत कृषि क्षेत्रमा लगानी गर्न सकिनेछ ।

प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

सामाजिक काम गरी ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । पढाईमा मन जानेछ भने प्रविधिको प्रयोग गर्न सकिनेछ ।

माया प्रेमको डोरो कसिलो भएर जानेछ । कृषी तथा पशुपालन क्षेत्रमा लगानी बढाई आम्दानी वढाउन सकिनेछ । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

कार्यक्षेत्रमा केहि कमि कमजोरी बाहिरीनाले ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । आध्यात्मिक क्षेत्रमा चासो बढ्नेछ ।

पढाई लेखाईमा आफ्नै कमजोरिले नतिजा अरुतिरै जानेछ । सरकारी तथा प्रशासनिक काममा ढिला सुस्तिको कारणले अन्य काम प्रभावित हुनेछन् । व्यापारमा मन्दी आउनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

व्यापारमा लगानी गरेपनि तत्काल फाईदा हुनेछैन । आफ्नो काममा भन्दा पनि अरुकै काममा समय व्यतित हुनेछ ।

महत्वकांक्षी योजनाहरु पुरा गर्न निकै संघर्ष गर्नुपर्नेछ । आफन्त तथा घरपरिवारका सदस्यहरुसँग राय बाजिनेछ ।

माया प्रेममा धोका तथा विश्वासघात हुनेछ । पढाई लेखाईमा मन नजादा अरुभन्दा पछि परिनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आफन्त तथा प्रियजनसँगको भेटघाटले दिन रमाईलोसँग बिताउन सकिनेछ । माया प्रेममा नजिक हुन सकिने तथा जीवन साथीको सहयोगले राम्रा हुनेछन् । व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

अध्ययनमा प्रविधिको प्रयोग गर्नुहोला । आफ्नै मिहेनतले जीवन शैलीमा उल्लेख्य परिवर्तन गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

विद्या तथा प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

पुराना थाति रहेका कामहरु सम्पादन हुनेछन् । तरपनि काम वा अध्ययनको शिलशीलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

शरीर अस्वस्थ नहुनाले दैनिक कामहरु गर्न सकिने अवस्था रहने छैन । भौतिक सम्पत्ती तथा विलाशी वस्तु उपहारको रुपमा प्राप्त हुने भएपनि टरेर जानेछ ।

व्यापारमा मन्दी आउने तथा नयाँ ठाउँमा लगानी नगर्नु नै राम्रो हुनेछ । प्रेममा एक अर्कालाई अविश्वास गर्नाले बाध्यताबस छुट्टिनु पर्ने अवस्था आउनेछ । सन्तान तथा आफन्तसँग मनमुटाव सिर्जना हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

अन्य व्यापार व्यवसायमा मन्दी आएपनि कृषि क्षेत्रसँग सम्बन्धीत व्यवसायबाट आम्दानी गर्न सकिनेछ ।

आमाको स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । प्रेममा आजको दिन नजिक नहुँदा नै राम्रो हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्दै हुनुहुन्छ जनताको काम गर्न नसक्दा आलोचना सुन्नुपर्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आँटिला तथा पुरुशार्थी काम गरी नाम कमाउन सकिनेछ । मन परेको मानिसबाट सहयोग पाईनेछ ।

सामाजिक काम गरी जनताको समर्थन जुटाउन सकिनेछ । आफ्ना भावनाहरु सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत जनमानसमा लैजान सकिनेछ ।

लेखेरै नाम तथा दाम दुबै कमाउन सकिनेछ । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?