नेपालमा कोरोना अपडेट : आज थपिएका ४२६ जना संक्रमित कुन जिल्लामा कति ? (विवरणसहित)

काठमाडौं – नेपालमा आज (शुक्रवार) एकैपटक ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ८ हजार २७४ पुगेको छ । जसमध्ये ७०७ जना महिला र ७ हजार ५ सय ६७ जना पुरुष छन् ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा आज (शुक्रबार) एकैपटक ४२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार आज भेटिएका संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

नेपालमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २२ जनाको मृत्यु भएको छ भने १ हजार ४०२ जना स्वास्थ्योपचार पछि निको भएका छन् । आज मात्रै नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या २१६ रहेको छ ।

नेपालमा हिजो (बिहीवार) एकैपटक ६७१ जना संक्रमित थपिएका थिए ।

काठमाडौंका तीन जनामा संक्रमण पुष्टि

काठमाडौंका तीन जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले काठमाडौंमा आज एक पुरुष र दुई महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।उनका अनुसार आज काठमाडौंमा भेटिएका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको स्वाब परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो ।

कुन – कुन जिल्लामा कति जना थपिए ?

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा  : झापाका १ जना महिला, मोरङको १ जना महिला र १ जना पुरुष गरी ३ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा : सर्लाहीको १ महिला १० पुरुष सप्तरीको १ महिला ३ पुरुष गरी जम्मा १५ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा : अछामको १ महिला ६ पुरुष बाग्लुङका २ महिला र १६ पुरुष बैतडीका ७ महिला र ५६ पुरुष बझाङका १ महिला र २ पुरुष बजुराका ८ पुरुष डडेल्धराका ९ पुरुष र धादिङको १ महिला गरी जम्मा २४१ जना यसैगरी डोटीका ३ महिला र १२ पुरुष गोरखा का १ महिला र १० पुरुष कैलालीका १३ महिला र ३३ पुरुष कास्की का १ महिला र १ पुरुष काठमाडौका २ महिला र १ पुरुष मकवानपुरका २ महिला मोरङको १ महिला म्यादीका १ पुरुष नवलपरासि पुर्वका २ पुरुष सिन्धुपाचोकका १० महिला र ११ पुरुष तनहुका ३ महिला १६ पुरुष पर्वतका ३ महिला, २ पुरुष उदयपुरको २ महिला सिन्धुलीको १ महिला र चितवनको १ महिला

किटजन्य रोग अस्पताल तथा तालिम केन्द्र हेटौँडामा गरीएको परिक्षणमा : मकवापुरको १ महिला ५ परुष गरी ६ जना त्रि. वि. शिक्षण अस्पताल महारागन्जमा गरीएको परिक्षणमा बैतडीको १ महिला र ४ परुष ५ जना

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा : गरीएको परिक्षण स्याङजाका १ पुरुष र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला गण्डकीमा कास्कीका २ महिला ४ पुरुष र नवरपरासी पुर्वका २ महिला स्याङजा को १ पुरुष र बाग्लुङ २ महिला ६ पुरुष गरी १७ जना

प्रादेशिक क्षयरोग प्रयोशाला पोखरामा गरिएको परिक्षणमा बालुङका ६ पुरुष स्याङजा का १ पुरुष गरी जम्मा ७ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरीएको परिक्षणमा अर्घखाची २ महिला र ४ पुरुष गुल्मीका १६ महिला र ७८ पुरुष कपिलवस्तुका ४ पुरुष नवलपरासी पश्चिमका १ पुरुष रुपन्देहीका २ महिला गरी जम्मा १०७ जना

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा अछामका १ पुरुष कैलाली का २ महिला र १ पुरुष कचनपुर १ महिला र १९ पुरुष गरी २४ जना आज जम्मा ८८ महिला ३३८ पुरुष गरी जम्मा ४२६ जना संक्रमित

कति भयो परीक्षण ?
पछिल्लो २४ घण्टामा ४ हजार २ सय ३१ गरी आजसम्म पीसीआर विधिबाट १ लाख ६१ हजार ७ सय ४९ जनाको परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ९९ गरी आजसम्म २ लाख ४७ हजार ८ सय ७४ जनाको परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शुक्रबार देशभरीका विभिन्न स्थानमा निर्माण भएका क्वारेन्टाइनमा १ लाख ९ हजार ४ सय ६१ जना रहेका छन् । भने ६ हजार ८ सय ५० जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका छन् ।

नेपालमा एकैदिन २१६ जना कोरोना जितेर घर फर्किए
नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या १ हजार ४ सय २ पुगेको छ । बितेको २४ घण्टामा मात्र थप २ सय १६ जना कोरोना उपचारपछि निको भएर घर भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । जसमध्ये २ सय ७ जना पुरुष र ९ जना महिला रहेका छन् ।

गोठगाउँ आइसोलेसन सेन्टरबाट भोजपुरका ४ जना, झापाका १२ जना, मोरङका ९ जना, सुनसरीका १५ जना गरी ५० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

त्यस्तै कोसी अस्पतालबाट झापाका ४ जना, संखुवासभाका २ जना पुरुष, मोरङ २ जना गरी ८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

त्यस्तै आइसोलेसन सेन्टर जानकी बाँकेबाट ४१ जना पुरुषहरु उपचारपछि घर फर्किएका छन् ।

त्यस्तै अल्पमाई नर्सिङ इन्चिच्युड सर्लाहीबाट ३९ जना उपचारपछि घर फर्किएका छन् ।

त्यस्तै कोभिड १९ अस्पताल सपइ जनकपुरबाट धनुषाका १ महिला र ३७ पुरुष गरी ३८ जना, धरहरी स्कुल धरहरी रौतहटबाट ३० जना, जलेश्वर अस्पताल महोत्तरीबाट ४ जना पुरुषहरु डिस्चार्ज भएका छन् ।

त्यस्तै साइकृष्ण आइसोलेसन सेन्टर सप्तरीबाट १३ जना, प्रादेशिक अस्पताल सुर्खेतबाट ३ जना उपचारपछि निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा गौतमले बताए ।

नेपालमा आज थप ४ सय २६ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै कुल संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको मन्त्रालयले जनाएको । त्यस्तै हालसम्म कोरोनाको कारण २२ जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?