काठमाडौं । वैदेशिक रोजगारीको क्रममा विदेशमा ज्यान गुमाएका नेपालीहरुको शव उद्धार गरिने भएको छ । विभिन्न देशमा ज्यान गुमाएका २४ नेपालीहरुको शव शुक्रवार ल्याउँन लागिएको हो ।
शुक्रवार (आज) कतार, युएई, कुवेत, र साउदीबाट शव ल्याउँन लागिएको बैदेशिक रोजगार बोर्डले जनाएको छ ।
बोर्डका अनुसार कतारबाट २०, कुवेतबाट २, साउदीबाट १ र युएईबाट १ जना गरी २४ जनाको शव ल्याउँन लागिएको हो ।
त्यस्तै कतार एयरवेजमार्फत लकडाउनका कारण कतारमा अलपत्र परेका ४३ जना नेपालीसहित २० वटा शव नेपाल ल्याउने तयारी भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार उनीहरुलाई कतार सरकारले नै समन्वय गरी नेपाल पठाउन लागेको हो ।
यी व्यक्तिहरुको शव शुक्रवार ल्याउँन लागिएको छः
कतारबाट:
महमुद अलमान मुसलमान, कपिलवस्तु
मुस्ताक साइक, सर्लाही
रुपेशकुमार मण्डल, सिरहा
कुम्बा तामाङ, लमजुङ
भक्तबहादुर थापामगर, बाँके
राजेन्द्रप्रसाद मण्डल, सप्तरी
युवराज अधिकारी, मोरङ
मीनबहादुर थापा, भोजपुर
नरबहादुर कामी, सुर्खेत
मंगलबहादुर तामाङ, भोजपुर
सुकराम थारु, बर्दिया
अरुणकुमार पंजियार, सर्लाही
शिवशंकर राउत, महोत्तरी
चुतर्वा मण्डल, धनुषा
जितेन्द्र थापामगर, मकवानपुर
यामबहादुर थापा, रुपन्देही
कासिदेव यादब, सिराहा
सधोवाका पासवान, सर्लाही
अनिल चौधरी, महोत्तरी
साउदीबाट:
भैरब बहादुर बस्नेत
कुवेतबाट:
सोनि तामाङ, नुवाकोट
मानव आले, सङ्खुवासभा
युएईबाट:
पेम्बा नुर्बु शेर्पा, सोलु
लकडाउनका कारण विभिन्न देशमा निधन भएका नेपालीहरुको शव उतै व्यवस्थापन गरिएको छ । भने अन्तर्राष्ट्रिय उडान बन्द भएका कतिपय नेपालीको शव अझैपनि विदेशमा नै वेवारिसे अवस्थामा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया