सपनामा विवाह भएको देख्नु शुभ कि अशुभ ?

काठमाडौं । हामी अधिकांशले सपना त देखेकै होलाउँ । तर के तपाईले कहिल्यै सपनामा विवाह भएको देख्नु भएको छ ? यदि छ भने त्यसको अर्थ जान्नलाई तपाईलाई खुल्दुली लाग्यो होला ।

आज हामी तपाईलाई सपनामा विवाह भएको देख्नु शुभ वा अशुभ के मानिन्छ भन्ने बारेमा जानकारी गराउँछौँ ।

स्वप्न शास्त्रका अनुसार सपनामा विवाह भएको देख्नु एकदमै अशुभ मानिएको छ । यदि तपाईले सपनामा परिवारका कसैको विवाह भएको देख्नुभएको भने त्यो सपना धेरै नै अशुभ मानिन्छ ।

विवाह हुनु राम्रो मानिए पनि सपनामा विवाह हुनु भनेको अशुभ मानिएको छ । सपनामा दुलहा दुलहीले मण्डप घुमीरहेको देख्नुभयो भने सबैभन्दा नराम्रो सपना त्यो रहेको छ ।

यदि तपाईले सपनामा विवाहको औँठी देख्नुभयो वा बेहुलाले बेहुलीलाई लगाईदिएको देख्दा पनि त्यसको फल नराम्रो हुने गर्दछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?