देखियो दिपिकाको बोल्ड रुप, ऐश्वर्यको ट्रेलर रिलिज (भिडीयो सहित)

काठमाण्डौं, ५ असोज ।नायक रमेश उप्रेतीले प्रस्तुत गरेको चलचित्र ऐश्वर्यको ट्रेलर रिलिज गरिएको छ । बिहिबार राजधानीको राइजिङ मलमा एक समारोहको आयोजना गर्दै ट्रेलर रिलिज गरिएको हो ।चलिचित्र कार्तिक ९ गते प्रदर्शनमा आउने बताईएको छ । टेलरमा उच्च गुणस्तर देखिएको छ । ट्रेलर हेर्दा रोमान्स र एक्सन जनराको फिल्म हो भन्न सकिन्छ ।टे«लरमा चलचित्रकि नायिका दिपिका प्रसाईलाई सुपर मोडलको रुपमा देखाउन खोजिएको छ । उनी बोल्ड अवतारमा देखिएकि छन ।दिवाकर भट्टराईद्वारा लेखन तथा निर्देशन गरिएको फिल्ममा रमेश उप्रेती , दीपिका प्रसाई , केकी अधिकारी , प्रशान्त ताम्राकार , अर्जुन श्रेष्ठ , निर्मल शर्मा , तेंजु योन्जन लगायत अन्य कलाकारकोे अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?