रौतहट, ७ फागुन – नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अब राष्ट्र राजनीतिक विकास एवं समृद्धिको पथमा अघि बढेको र यसको नेतृत्व एमालेले गर्ने बताएका छन प्रेस चौतारी नेपालले रौतहटको गौरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले एमाले र माओवादी केन्द्रबीच सहकार्यको छलफल अन्तिम चरणमा पुगेकाले छिटै एकीकरण हुनेछ भने । उनले एकीकरणको जिम्मा दुवै पार्टीले संयोजन समितिलाई दिएको सम्भवतः आजै यस कुराको निर्णय हुने बताए कार्यक्रम प्रेस चौतरी नेपाल रौतहट शाखाका अध्यक्ष आदर्श उपाध्यायको अध्यक्षतामा भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया