विराटनगर । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नेपालका संविधान दोस्रो संशोधन बिहीवार प्रमाणीकरण भएको खुशीमा विराटनगर–१३ स्थित निवासमा दीप प्रज्वलन गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालका संविधान (दोस्रो) संशोधन विधेयक –२०७७ प्रमाणीकरण भएको हो ।
नेपालको संविधान (दोस्रो) संशोधनमा लिपुलेक, लिम्पियापुर र कालापानीसहित नेपालको नक्सा अङ्कित निशान छाप गत शनिवार प्रतिनिधि सभाबाट दुई तिहाइ बहुमत र राष्ट्रियसभाबाट सर्वसहमतिमा पास भएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया