काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण नियन्त्रण र रोकथाम प्रभावकारी नभएको, सामाना खरिदमा भ्रष्टाचार भएको तथा परीक्षण सम्बन्धी सरकारको कार्यनीतिको विरोधमा हुदै आएको विरोध प्रर्दशन प्रति कटाक्ष गरेका छन् ।
बिहीवार राष्ट्रिय सभा बोल्दै प्रधानमन्त्री ओलीले प्रतिपक्षीलाई लक्षित गर्दै कामको प्रशंसा नगरी कोरोना रोकथाममा खर्च भएको १० अर्बको हिसाब किताब खोजेको आरोप लगाएका छन् ।
उनले उनले भनेका छन्, “एउटा शब्द आजकल चलेको छ । इनअफ भन्ने । सबैलाई कण्ठ भईसकेको शब्द । इन अफ । मैले सडकमा पनि प्ले कार्ड हेरेँ । कोभिड १९ इन अफ इज इन अफ । के हुन्छ यसको अर्थ भनी मैले खोजी हेरेँ । कोभिड १९ इज मोर देन इन अफ । यो आउनै नहुने । कसरी आयो ? आउनै नहुने । निषेध गर्न खोज्यौ । रोक्न खोज्यौ तर पनि आयो । यो इन अफ मात्रै होइन हद भन्दा पनि बढी भो यो । चाहिदै नचाहिएको आउनै नहुने कुरा आयो । यो त सबैले मानेकै छ । इन अफ इज इनअफ के हो त्यो ? यो सरकारले ल्याएको त होइन । ”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया