प्रदेश सरकार र वीरगन्जका आन्दोलनकारीबीच वार्ता

जनकपुरधाम, ७ फागुन । २ नं. प्रदेशको सरकारले वीरगन्जका आन्दोलनकारीलाई वार्ताका लागि बोलाएको छ । भोलि (फागुन ८ गते) सरकार र संघर्ष समितिबीच वार्ता हुनेछ वीरगन्जमा प्रदेश राजधानीको माग गर्दै संघर्ष समिति नै बनाएर वीरगन्जमा निरन्तर आन्दोलन भइरहेको छ प्रदेश २ को मुख्यमन्त्री लालबाबु राउतले वीरगन्जका आन्दोलनरत पक्षसँग वार्ता गर्ने जिम्मा भौतिक पूर्वधार विकासमन्त्री जितेन्द्र सोनललाई दिएका छन् मन्त्री सोनलले भने, ‘हामी पनि आन्दोलनबाटै आएका हौँ र आन्दोलनरत पक्षसँग वार्ता गर्नुपर्छ भनेर हामीले वार्ताको आह्वान गरेका छौं ।’फागुन ८ गते बिहान ८ बजे प्रदेश सरकार र वीरगन्जमा आन्दोलनरत संघर्ष समितिका पदाधिकारीहरुबीच वार्ता हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?