हेर्नुहोस् २०७७ साल असार ५ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ आषाढ ०५ गते । शुक्रवार । इ.स.२०२० जुन १९ तारिक । शकसंवत् १९४१ । प्रमादी संवत्सर । उत्तरायण। ग्रीष्म ऋतु । ने.सं. ११४० बछलागा । आषाढ कृष्णपक्ष । तिथी– त्रयोदशी, १० बजेर ३७ मिनेट उप्रान्त चतुर्दशी ।

नक्षत्र– कृतिका,१० बजेर ४६ मिनेट उप्रान्त रोहिणी । योग धृति,१५ बजेर ४० मिनेट उप्रान्त शूल । करण– वणिज,१० बजेर ३७ मिनेट उप्रान्त भद्रा,२३ बजेर ०८ मिनेट उप्रान्त शकुनि । आनन्दादिमा–छत्र योग ।

चन्द्रराशि–वृष । काठमाडौंमा सूर्योदय ६ बजेर १० मिनेटमा, सूर्यास्त १९ बजेर ०० मिनेटमा । दिनमान ३४ घडी ३५ पला । दिल्लाचह्रे पूजा।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

घरायसि कुरामा आफन्त तथा कुटुम्वसँग विवाद हुन सक्छ ध्यान दिनुहोला । व्यापारमा मन्दि आउने तथा थोरै आम्दानीमा चित्त बुझाउनु पर्नेछ ।

पढाई लेखाईमा मन नजादा अरुभन्दा पछि परिनेछ । प्रेममा अविश्वास सिर्जना नहोला भन्न सकिन्न । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या देखिने तथा दैनिकी प्रभावित हुनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

राजनीतिकर्मी तथा समाजसेवीहरुले जनताको काम गरी नाम कमाउन सक्नेछन् । पढार्इ लेखाईमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ ।

औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । तर पनि समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावश्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

समय तथा कामको तालमेल नमिल्दा अरुभन्दा पछि परिनेछ । अध्ययनमा मन नजानाले नतिजा अरुकै पोल्टोमा पर्नेछ ।

खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउने तथा औषधि उपचार खर्च बढ्नेछ । समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावश्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

पैत्रिक धन तथा सम्पत्ती को प्रयोग तथा परिचालन मार्फत कृषि क्षेत्रमा लगानी गर्न सकिनेछ । प्रविधिको प्रयोग गरि अध्ययन गर्नाले विद्यार्थीहरुले नतिजा हात पार्न सकिनेछ ।

ईच्छा, आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ । पढाई लेखाईमा भनजस्तो नतिजा हात पार्न सकिने हुँदा मन प्रशन्न रहनेछ । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी मनग्गे धन आर्जन गर्न सकिनेछ ।

बुवा तथा अग्रजहरुको आशिर्वाद लिदै राम्रा काम गर्न सकिनेछ । तर पनि समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावश्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

दैनिक काम बिचमै रोक्नु पर्दा आर्थिक भार पर्न सक्छ । व्यापार व्यवसायमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

माया प्रेममा धोका हुनेछ भने आस्वासन बाढ्नेहरु सक्रिय हुनेछन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ ।

पढाई रोकिन सक्छ ध्यान दिनुहोला । काम वा अध्ययनको शिलशीलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

गोपनियता तथा गोप्य कुराहरु बाहिरिनाले समस्या पर्न सक्छ ध्यान दिनुहोला । कामका बाधा अवरोधको सामना गर्दै अगाडी बढ्नु पर्ने बाध्यता आउनेछ । समय अनुसार नचल्नाले अरुभन्दा पछि परिनेछ ।

आफन्त तथा दिदि बहिनीसँग मनमुटाव बढ्ने योग रहेको छ । स्वास्थ्यमा समस्या आउनाले दैनिक कामहरु प्रभावित हुनेछन् । प्रेममा अविश्वास बढ्नेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

माया प्रेमको गाँठो कसिलो भएर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ती हात पार्न सकिनेछ ।

वौद्धिकताको प्रयोग मार्फत अधिकार स्थापित गर्न सकिनेछ । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको व्यापारमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

कार्यक्षेत्रमा केहि विषयमा विवाद भएपनि तपाईको भनाई तथा रायलाई स्वीकार्दै जाने सहमती जुट्नेछ ।

आफन्त तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ । पढाई लेखाई सफलताकै मार्गमा अगाडी बढ्नेछ । तर पनि समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावश्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

समय र कामको तालमेल नमिल्दा योजनाहरु थाती रहनेछ । अध्ययनमा बाधा हुने तथा अरुका लागि समय खर्चनु पर्नेछ ।

भौतिक सम्पत्ती तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । व्यापारमा भनेजस्तो आम्दानी नहुनाले लगानीको वातावरण टरेर जानेछ । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

राजनीति तथा सामाजिक काममा हतारमा निर्णय गर्दा आलोचना हुनेछ । अन्य व्यापार व्यवसायमा मन्दी आउने भएपनि कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ ।

आफन्त तथा परिवारलाई समय दिन नसक्दा तपाईदेखी रिसाउनेछन् । प्रेममा एक अर्काको भावना नबुझ्दा टाडिनु पर्ने बाध्यता आउन सक्छ । अध्ययन तथा अध्यापनबाट भनेजस्तो नतिजा नआउन सक्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

अध्ययन अध्यापनमा मन जाने हुनाले अरुभन्दा उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ । परिवार तथा आफन्तसँग बसेर स्वादिष्ट भोजनमा रमाउन सकिनेछ ।

सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । तर पनि समय अनुकुल नभएकोले बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?