आगामी फागुनसम्ममा नेपालमा कोरोना संक्रमण नियन्त्रणमा आउछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आगामी फागुन सम्ममा नेपालमा कोरोना संक्रमण नियन्त्रणमा आउने बताएका छन् ।

राष्ट्रिय सभाको विहिबारको बैठकमा प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय लगायतमा विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उहाँले फागुन सम्ममा नेपालमा कोरोना नियन्त्रण हुने बताए ।

उनले श्रावण महिनाको अन्त्य तिर कोरोना संक्रमणको दर उच्च विन्दुमा पुग्ने र त्यसपछि आरोलो लाग्ने बताए । उनले दशै तिहार र छठ जस्ता चाडले संक्रमण बढाउने खतरा रहेकाले मंसिर महिना पछि फेरी संक्रमणको दर बढ्ने भएकाले पुर्ण नियन्त्रणमा आउन फागुन सम्म लाग्ने बताए ।

उनले भने “श्रावणको अन्त्य सम्ममा यसको पिक हुन सक्ने अनुमान गर्न सक्छौ । अथवा भदौको सुरु तिर । यो त्यसपछि आरालो लाग्छ । र हामी यसलाई क्रमश नियन्त्रण गर्न सक्छौ । अर्को कुरा हाम्रा आनीबानी, हाम्रा संस्कार पनि बुझ्नुपर्यो ।

दशै तिहार र छठ जस्ता चाडले फेरी संक्रमण बढाउछन् भन्ने पनि अवस्था छ । त्यसकारण यो खतराबाट हामी कति जोगिन सक्छौ ? भोली यो खतराले फेरी हाम्रो ग्राफ बढाईदियो भने मंसिरमा फेरी अलिकति मास्तिर जान सक्छ । र मंसिरको अन्त्य तिरबाट हामीले फेरी त्यस ग्राफलाई तल लान सक्छौ । र पुस माघ सम्ममा हामी यसलाई नियन्त्रण गर्न सक्छौ । फागुनको महिना संभवत नियन्त्रणको महिना हुन्छ । ”

कोरोनाको आतंंकले मान्छेलाई डिप्रेशनमा लैजान सक्ने भएकाले आतंकित नभई सर्तक हुन पनि उनले आग्रह गरे । उनले लकडाउनको समयमा आत्महत्याका घटना बढ्नुमा कोरोनाको योगदान रहेको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?