नेपालमा थप १९ जनाले जिते कोरोना, आजै थपिए ६७१ संक्रमित

काठमाडौं । नेपालमा थप १९ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जितेर घर फर्कनेको संख्या १ हजार १ सय ८६ पुगेको छ ।
आज जुम्लाबाट ६ जना पुरुष कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।

दैलेखमा १ जनाले कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा.जागेश्वर गौतमले बताए । त्यस्तै, सलकोट आइसोलेसन सेन्टरबाट ३ जना पुरुष कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् ।

प्रवक्ता गौतमका अनुसार सुर्खेतबाट १ जना पुरुष डिस्चार्ज भएका छन् । साथै, नारायणी अस्पतालबाट रौतहटकी १ जना महिला र पर्साका १ जना महिला र ६ जना पुरुष गरी ८ जना कोरोना मुक्त भएका छन् ।

बिहीवार नेपालमा एकैपटक ६७१ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ७,८४८ पुग्यो

नेपालमा आज (बिहीवार) एकैपटक ६७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा आज एकैपटक ६७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार आज भेटिएका संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

नेपालमा कोेरोना भाइरसको महामारीका कारण अहिलेसम्म २२ जनाको मृत्यु भईसकेको छ । आज मात्रै नेपालमा कोरोना भाइरसको कारण दुई जनाको मृत्यु भएको हो ।

त्यस्तै नेपालमा कोरोना भाइरसको उपचार पछि निको हुनेहरुको संख्या १ हजार १८६ पुगेको छ । यसैबीच नेपालमा हिजो (बुधवार) एकैपटक ५८६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

मन्त्रालयले भन्यो- कोरोनाको कारण थप २ जनाको मृत्यु

नेपालमा कोरोनाको कारण थप २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा सुदूरपश्चिम प्रदेशको कैलालीका रहेको स्वास्थ्य मन्त्रलयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

मृत्यु हुनेमा लम्की चुहा नगरपालिका २ की ४३ बर्षीया महिला र गोदावरी नगरपालिका वडा नम्वर ४ का ४६ बर्षीय पुरुष रहेका छन् ।

लम्की चुहा नगरपालिका २ की ४३ बर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

उनको नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर उपचारको क्रममा मृत्यु भएकोमा मृत्यु भएको हो ।

उनको मंगलबार मृत्यु भएकोमा बुधबार साँझ कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको हो ।

कैलालीकै गोदावरी नगरपालिका वडा नम्वर ४ का ४६ बर्षीय पुरुषको पनि सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

स्वस्थ्यमा समस्या आएपछि धनगढीकै नवजीवन अस्पतालमा उपचार गर्न गएका उनलाई कोरोना संक्रमण भएको शनिबार पुष्टि भएको थियो । लगतै उनलाई प्रादेशिक अस्पताल सारिएको भएपनि मृत्यु हुन पुगेको हो ।

यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?