भक्तपुरका तीन जनामा कोरोना पुष्टि

काठमाडौं । भक्तपुरका तीन जनामा कोरोना पुष्टि भएको छ । भक्तपुरका एक महिला र दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले भक्तपुरमा आज थप एक महिला र दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको स्वाब परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

यसैबीच नेपालमा आज (बिहीवार) एकैपटक ६७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा। डा। जागेश्वर गौतमले नेपालमा आज एकैपटक ६७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार आज भेटिएका संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

नेपालमा कोेरोना भाइरसको महामारीका कारण अहिलेसम्म २२ जनाको मृत्यु भईसकेको छ । आज मात्रै नेपालमा कोरोना भाइरसको कारण दुई जनाको मृत्यु भएको हो ।

त्यस्तै नेपालमा कोरोना भाइरसको उपचार पछि निको हुनेहरुको संख्या १ हजार १८६ पुगेको छ । आज मात्रै पनि नेपालमा थप १९ जनाको कोरोनाविरुद्धको लडाई जितेका छन् ।

यसैबीच नेपालमा हिजो (बुधवार) एकैपटक ५८६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?