काठमाडौं लगायतका शहर जोखिम बन्दैछन् भन्दै जनस्वास्थ्यविद् डाक्टर पाण्डेले सुझाए यस्ता उपाय

काठमाडौं – जनस्वास्थ्यविद् डाक्टर रविन्द्र पाण्डेले काठमाडौं लगायतका शहर जोखिम बढ्दैछन् भन्दै उनले खुलाएका छन्, माइक्रोबस, टाटा सुमो तथा स्कर्पियोमा कोचाकोच मान्छे भरेर बिभिन्न जिल्लाबाट दैनिक हजारभन्दा धेरै मान्छे चोरी बाटोबाट काठमाडौं आइरहेका छन्  ।

भीमढुंगा, फर्पिंग, ककनी, साँगा, टोखा लगायतका दर्जनौं नाकाबाट बिना चेकजांच मान्छे ओइरिने क्रम बढिरहेको छ  प्रहरी प्रशाशन आवतजावत ब्यबस्थित गर्न असफल भएको छ उनले थपेका छन् – काठमाडौंका सडकमा ट्राफिक जाम छ जोरबिजोरमा कुनै कडाइ छैन ।

कोरोना भाइरस ‘कोभिड – १९’ एकबाट दोस्रोमा सजिलै सर्ने भएका कारण होसीयार र सावधानी अपनाउन विज्ञहरुले सुझाव दिईरहेको अवस्थामा मुख्य भिडभाड हुने स्थानमा समेत मिडभाड कम भएको छैन । अझ सावधानी अपनाउनुपर्छ भन्ने थाहा पाएकाहरुपनि यस विषयमा गम्भिर छैन । यसो हुँदा जोखिम बढ्न सक्छ ।

उनले सुझाएका छन् : 

१. माइक्रोबस, टाटा सुमो तथा स्कर्पियोमा कोचाकोच मान्छे भरेर बिभिन्न जिल्लाबाट दैनिक हजारभन्दा धेरै मान्छे चोरीबाटोबाट काठमाडौं आइरहेका छन् | भीमढुंगा, फर्पिंग, ककनी, साँगा, टोखा लगायतका दर्जनौं नाकाबाट बिना चेकजांच मान्छे ओइरिने क्रम बढिरहेको छ | प्रहरीप्रशाशन आवतजावत ब्यबस्थित गर्न असफल भएको छ ।

२. काठमाडौंका सडकमा ट्राफिक जाम छ। जोरबिजोरमा कुनै कडाइ छैन।


३. बजारमा कोरोनापूर्वको अवस्था छ । भीडभाड छ । भौतिक दुरी कसैले पनि पालना गरेका छैनन् ।


४. अस्पतालमा खुट्टा राख्ने ठाउँ छैन ।


५. अस्पताल वरिपरिका होटेल तथा चियापसलमा मान्छेहरु जोडिएर बसेका छन् ।


६. ९० % व्यक्तिले नाक वा घांटीमुनी मास्क लगाएको देखिन्छ ।


७. टेस्ट नै नगरि घर पठाउने स्वास्थ्य मन्त्रालयको ‘ हावादारी ‘ निर्णयले संक्रमित गाउँगाउँमा पुगेका छन्।


८. PCR को रिपोर्ट आउन २ हप्ता लाग्न थालेको छ। कोरोना भाइरस RNA भाइरस भएको तथा RNA अत्यन्तै छोंटो समय रहने भएकोले खात लागेका स्याम्पलबाट सहि रिपोर्ट आउने सम्भावना कम छ ।


९. काठमाडौं लगायत जनघनत्व धेरै भएका सहरमा परिक्षणको दर ‘ छैन बराबर छ ‘ ।


१०. सरकारले कोरोना नियन्त्रणको भिजनरी रणनीति नबनाउने हो भने काठमाडौं लगायतका सहरमा कोभिड प्रकोप अनियन्त्रित हुने खतरा छ।


११. भारतबाट नेपाल आउने दाजुभाइ तथा दिदीबहिनीलाई अत्यन्तै कष्टकर अवस्था छ । उहाँहरुलाई न परीक्षण, न राम्रो क्वारेन्टाइन न सुरक्षित रुपमा थातथलो पठाउने ब्यबस्था छ ।


१२. कार्य सम्पादनमा असक्षम देखिएका मन्त्रीलाई आराम गर्ने सुबिधा दिएर एबम काम गर्न सक्ने इमान्दार तथा सक्षम व्यक्तिको टिम बनाएर काम नगर्ने हो भने हामी कोहि पनि सुरक्षित हुने छैनौं ।

यो संकटलाई सुरक्षितरूपमा अवतरण गराएमा वर्तमान सरकारको नाम इतिहासमा स्वर्ण अक्षरले लेखिनेछ । अन्यथा यी खेलाडीहरु खलपात्रको रुपमा स्थापित हुने डर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?