लेकसाईडमा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ

कास्की । पोखराको लेकसाईडमा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका-६ लेकसाईडस्थित टंकराज अधिकारीको सेन्टर लेक होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-६ बैदाम बस्ने ६१ वर्षीय बीर बहादुर लामिछाने लगायत ८ जनालाई नगद १९ हजार ३ सय २० रुपैयाँ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त होटलमा जुवातास खलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?