काठमाडौं । पाल्पाको रिब्दीकोट गाउँपालिका–८, फेकका वडा सभापति कुल प्रसाद उपाध्यलले आफुले गल्ती गरेको स्वीकार गरेपछि छुवाछुतको घटनालाई मिलापत्रमा टुङ्गो लगाएका छन् ।
दलित जनप्रतिनिधि सुमित्रा नेपाली हिताङ्गलाई सोही पुरोहित उपाध्यलले जेठ २८ गते वडा भवन शिलन्यासमा पुजा गरी टिका नलगाईदिएपछि विवाद चर्किएको थियो । पीडक उपाध्यले आफुबाट दलित जनप्रतिनिधिको मानसम्मानप्रति आच आउने काम भएको हुँदा गल्ती स्वीकार गरी, अब आइदा छुवाछूतजन्य व्यवहार नगर्ने गरी माफी मागेका छन् ।
गल्ती स्वीकार गरेपछि छुवाछूतको घटनालाई वडास्तरमा नै मिलापत्रमा टुङ्गो लगाएका छन । पीडित हिताङ्गले आफुमाथि छुुवाछूतजन्य दुरव्यवहार भएकोले सामुहिक रुपमा गल्ती स्वीकार गरी माफी माग्नुपर्ने बताएका थिए । पीडित हिताङ्गले सार्वजनिक स्थलमामा अपमानित हुने गरी टिका आफुलाई मात्र नलगाईदिई भुइमा टिकाको थाल राखिदिएका थिए । उपस्थिति सबैलाई टिका लगाई दिएर आफुलाई मात्र टिका लगाइदिन पुरोहित उपाध्यले बहिस्कार गरेपछि पीडित जनप्रतिनिधिले स्थानीय न्यायिक समितिमा उजुरी दिएका थिए ।
स्थानीय तहका प्रमुख र उपप्रमुख, जिल्लास्थित दलित नेताहरु, जनप्रतिनिधि र सर्वसाधारणको उपस्थितिमा दुवै पक्ष बीच छलफल भएको थियो । पीडक उपाध्यले आफुले गल्ती गरेकोले माफी माग्न तया रहेको बताउपछि पीडत जनप्रतिनिधि नेपाली आफु मागी मागेमा सहमत रहेको बताए ।
रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर जीसी र उपाध्यक्ष लक्ष्मी खनालले जातीय छुवाछूत गर्ने मानवता विरोधी गतिविधि भएको बताए । समाजका प्रतिष्ठित व्यक्तिहरुबाट छुवाछूत हुन नहुने र समाजका छुवाछूत लगायतका कुसंस्कारको अन्त्य हुनुपर्ने तर्क थियो । गाउँपालिकाका प्रशासकीय प्रमुख ऋषि अर्यालले छुवाछूत न्यूनीकरण लागि गाउँपालिकाले अन्तरजातीय विवाहलाई प्रोत्साहन कार्यक्रम सञ्चालन ल्याउन गरी नीति, बजेट आउने बताए । समाजका सबै प्रकारका विभेद अन्त्य गरे मात्र समाजमा रुपान्तरण र विकासका जनलहर ल्याउन सहयोग हुने अर्यालले बताए ।
दलित अधिकारकर्मी तीर्थ प्रसाद गौतम, विष्णु बम्रेल, दिनेश गन्र्धव, आशिष दुधराज, दलित महिला सदस्य गीता कौशल, ठाकुर लोहागनु लगायतले छुवाछूतजन्य व्यवहार गर्नु मानवता विरोधी अपराध रहेको बताउदै सबै सचेत हुन आग्रह गरे । दलित पत्रकार संघ प्रदेश नम्वर ५का कोषाध्यक्ष कृष्ण दर्नाल र संघका पाल्पाका अध्यक्ष मिलन विश्वकर्माले दलित समुदायले जन्म देखि मृत्युसम्म छुवाछुत भोग्न बाध्य भएको बताए । छुवाछूत लगायतका सामाजिक समस्या हल नहुँदासम्म विकास र रुपान्तरण सम्भव नभएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया