काठमाडौं । दाङ, तुलसीपुर उपमहानगरपालिका-१८ दुधरासबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ३४ मिलिग्राम र नगद ३३ हजार रुपैयाँ सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका-१ बस्ने २३ वर्षीय लोक बहादुर थापा र घोराही उपमहानगरपालिका-१५ बस्ने २० वर्षीया सरिता परियार रहेका छन् । ईलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीले घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा.४ प २८८६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै, कञ्चनपुर, बेलौरी नगरपालिका-८ पचुईबाट अवैध लागूऔषध खैरोहेरोईन जस्तो देखिने पदार्थ ०.६१ ग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बेलौरी नगरपालिका-१० बस्ने २४ वर्षीय रामु खाण ठकुरी र बेल्डाडी गाउँपालिका-३ बस्ने २३ वर्षीय आशिस उपाध्याय रहेका छन् ।
ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले म २ प ९६१८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया