कोरोनाविरुद्धको ‘भ्याक्सीन’ तयार, ‘ह्यूमन ट्रायल’ शुरु

काठमाडौं । रुसले कोरोना भाइरसको उपचारका लागि बनाइएको भ्याक्सीनको क्लिनीकल ह्यूमन ट्रायल शुरु गरेको छ ।

रुसको स्वास्थ्य मन्त्रालयले तरल र पाउडरको रुपमा कोरोनाको भ्याक्सीन तयार गरेको बताएको छ ।

यो औषधिको क्लिनीकल ह्यूमन ट्रायल शुरु भईसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यो औषधिको ट्रायल गर्नको लागि आफूसँग दुई समूह रहेको र हरेक समूहमा ३८/३८ जना रहेको बताएको छ ।

रुसको समाचार एजेन्सी टासका अनुसार यी दुबै समूहका मिलिट्री जवान र आम नागरिकलाई मिलाएर बनाइएको हो । किनभने बनाइएको भ्याक्सीनको प्रायोगिक परीक्षण सफलतापूर्वक गर्न सकियोस् ।

यस औषधि गामालेया साइन्टिफिक रिसर्च इन्स्टीट्यूटका निर्देशक एलेक्जेन्डर जिन्ट्सवर्गले भने कि, यो ह्यूमनको ट्रायल करिव डेढ महिनामा पुरा हुनेछ ।

तरल र पाउडर दुबै औषधिको ट्रायल मस्कोका दुई फरक फरक स्थानमा हुनेछ । तरल औषधिको ट्रायल बर्डेन्को मििलट्री अस्पतालमा इन्ट्रामस्क्यूलर इन्जेक्शनको माध्यमबाट गरिनेछ ।
त्यस्तै पाउडर औषधिको प्रयोग इन्ट्रामस्क्यूलर इन्जेक्शनको माध्यमबाट भ्यालेन्टियर्सको शरीरमा दिइनेछ । यसको क्लिनीकल ट्रायल मस्कोको सेशेनोभ फर्स्ट स्टेट मेडिकल यूनिभर्सिटीमा गरिनेछ ।

रुसले सबै भ्यालेन्टियर्सलाई यस ट्रायलका फाइदा र नोक्शानको जानकारी दिईसकेको छ । उनीहरुको बीमाका कागजातमा हस्ताक्षर गराएको छ । सबै भ्यालेन्टियर्सको हेल्थ स्क्रिनिङ पनि गरिँदै छ ।

हेल्थ स्क्रिनिङमा देखाइएको छ कि, कोहि बिरामीलाई क्रोनिक रोग, एचआईभी। हेपेटाइटिस, कोरोनाभाइरस आदि छ कि छैन भनेर हेरिँदै छ ।

जब सबैको परीक्षण हुन्छ, तब भ्यालेन्टियर्स सही पाइनेछ, र उसको शरीरमा कोरोना भाइरसको नयाँ भ्याक्सीनको ट्रायल शुरु हुनेछ ।

भ्याक्सीन दिएको २८ दिनसम्म भ्यालेन्टियसैको शारीरिक गतिविधिमा नजर राखिनेछ ।

यस समयमा भ्याक्सीनको असरको बारेमा गहन अध्ययन गरिनेछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?